Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

घाइतेको हेलिकप्टरमा उद्धार


२१ ,असोज ,सिमकोट (हुम्ला) । हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटनामा परी घाइते भएका यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गम्भिर घाइते तीन जनालाई उद्धार गरी केहीबेर अघि बाँकेको नेपालगञ्ज लगिएको छ ।

सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको बा२१च ७३५३ नं को जिप मानसरोवर मावि नजिक दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका थिए ।

दुर्घटनामा गम्भिर घाइते भएका सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष ३७ वर्षीय, देवजङ बोहरा, सोही गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ३५ वर्षीय पामा लामा र वडा नं का ४ का ध्रुर्वबहादुर शाहीलाई हेलिकप्टरमा नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सामान्य घाइते यात्रुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?