Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

घाइतेको हेलिकप्टरमा उद्धार


२१ ,असोज ,सिमकोट (हुम्ला) । हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटनामा परी घाइते भएका यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गम्भिर घाइते तीन जनालाई उद्धार गरी केहीबेर अघि बाँकेको नेपालगञ्ज लगिएको छ ।

सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको बा२१च ७३५३ नं को जिप मानसरोवर मावि नजिक दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका थिए ।

दुर्घटनामा गम्भिर घाइते भएका सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष ३७ वर्षीय, देवजङ बोहरा, सोही गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ३५ वर्षीय पामा लामा र वडा नं का ४ का ध्रुर्वबहादुर शाहीलाई हेलिकप्टरमा नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सामान्य घाइते यात्रुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?