Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

एमालेको उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारी निर्विरोध निर्वाचित


काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा प्रेम कुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । पराजुलीलाई सुजता शाक्य लगायतको जोडबलमा फेरि पनि अध्यक्षमा अघि सारिएको थियो ।

पराजुलीसँगै पार्टी केन्द्रीय सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका उपसचिव चन्द्र रिजालले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर पछि रिजालले उम्मेदवारी फिर्ता लिएकाले पराजुली सर्वसम्मत भएका हुन् । केही सदस्यहरुमा भने निर्वाचन भएको छ । उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनमा ३०० भन्दा बढी प्रतिनिधिहरु रहेका छन् ।

 


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?