Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

एमालेको उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारी निर्विरोध निर्वाचित


काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा प्रेम कुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । पराजुलीलाई सुजता शाक्य लगायतको जोडबलमा फेरि पनि अध्यक्षमा अघि सारिएको थियो ।

पराजुलीसँगै पार्टी केन्द्रीय सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका उपसचिव चन्द्र रिजालले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर पछि रिजालले उम्मेदवारी फिर्ता लिएकाले पराजुली सर्वसम्मत भएका हुन् । केही सदस्यहरुमा भने निर्वाचन भएको छ । उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनमा ३०० भन्दा बढी प्रतिनिधिहरु रहेका छन् ।

 


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?