Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

“पाठेघरको मुखको क्यान्सर उन्मूलन बजेटको प्राथमिकतामा”


काठमाडौँ: अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले पाठेघरको मुखको क्यान्सर उन्मूलनलाई बजेटमा प्राथमिकतामा राख्ने बताएका छन् । शुक्रबार पिपुल्स एक्सेस टू एडिक्वेट नेचुरल इन्फ्रास्ट्रक्चर्स (पानी) ललितपुरमा गरेको ‘सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलन: सार्वजनिक निजी साझेदारीमार्फत नेपालमा एचपीभी खोपलाई प्रवर्द्धन’ विषयक कार्यशालामा कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘ठूलो संख्यामा किशोरी तथा महिलाहरु यो क्यान्सरबाट प्रभावित बनेका छन् । व्यापक रूपमा खोपको पहुँच बढाउनुपर्ने छ । रोकथाम गर्नु महत्त्वपूर्ण कुरा हो ।स्रोत र साधन कम छ । निजी क्षेत्रको साझेदारीमा काम गर्दा राम्रो हुन्छ,’ अर्थमन्त्री महतको भनाई थियो,‘‘सरकारसँग सीमित साधन स्रोत छ । हाम्रा स्वास्थ्यका आवश्यकता धेरै र साधन स्रोत न्यून छन् । थोरै स्रोत साधनलाई सदुपयोग गरेर प्राथमिकता साथ काम गर्नुपर्दछ । निजी र अन्तर्राष्ट्रिय क्षेत्रसँगको सहकार्य गर्नुपर्छ।’ विश्व स्वाथ्य संगठनले सन् २०३० सम्ममा यसलाई उन्मूलन गर्ने योजना राखेको छ ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?