Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

“पाठेघरको मुखको क्यान्सर उन्मूलन बजेटको प्राथमिकतामा”


काठमाडौँ: अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले पाठेघरको मुखको क्यान्सर उन्मूलनलाई बजेटमा प्राथमिकतामा राख्ने बताएका छन् । शुक्रबार पिपुल्स एक्सेस टू एडिक्वेट नेचुरल इन्फ्रास्ट्रक्चर्स (पानी) ललितपुरमा गरेको ‘सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलन: सार्वजनिक निजी साझेदारीमार्फत नेपालमा एचपीभी खोपलाई प्रवर्द्धन’ विषयक कार्यशालामा कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘ठूलो संख्यामा किशोरी तथा महिलाहरु यो क्यान्सरबाट प्रभावित बनेका छन् । व्यापक रूपमा खोपको पहुँच बढाउनुपर्ने छ । रोकथाम गर्नु महत्त्वपूर्ण कुरा हो ।स्रोत र साधन कम छ । निजी क्षेत्रको साझेदारीमा काम गर्दा राम्रो हुन्छ,’ अर्थमन्त्री महतको भनाई थियो,‘‘सरकारसँग सीमित साधन स्रोत छ । हाम्रा स्वास्थ्यका आवश्यकता धेरै र साधन स्रोत न्यून छन् । थोरै स्रोत साधनलाई सदुपयोग गरेर प्राथमिकता साथ काम गर्नुपर्दछ । निजी र अन्तर्राष्ट्रिय क्षेत्रसँगको सहकार्य गर्नुपर्छ।’ विश्व स्वाथ्य संगठनले सन् २०३० सम्ममा यसलाई उन्मूलन गर्ने योजना राखेको छ ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?