Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

‘सुशासन कायम गर्नु पार्टीको पहिलो प्राथमिकता हो’


१९ ,असोज ,काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशमा सुशासन कायम गर्नु आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताएका छन् ।

पार्टीको मेची–काली अभियानअन्तर्गत आज हेटौँडामा आयोजित जनसभामा अध्यक्ष नेपालले नागरिकका समस्या समाधान गर्ने तथा सुशासन कायम गर्ने विषयलाई प्रमुख कार्ययोजनाका रूपमा पार्टीले अघि बढाएको बताए ।

उनले नागरिकमाझ आफ्ना नीति तथा ‘एजेण्डा’ स्थापित गर्दै देश विकासका निम्ति सबैसँग सहकार्य गर्न तत्पर रहेको बताए ।

अध्यक्ष नेपालले नागरिकका समस्या समाधानको प्रयास पार्टीले सधैँ गर्ने बताउँदै कृषि र पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ भने । सरकारले गरेका कामबारे जानकारी गराउन र पार्टीलाई आम नागरिकहरुसँग जोड्न उहाँले कार्यकर्ताहरूलाई निर्देशन दिए ।

पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले समाजवादी जागरण अभियानलाई वडा तहमा पुर्याउनुपर्नेमा जोड दिए । विद्रोहबाट जन्मिएको एकीकृृत समाजवादी पार्टीले आफ्नो औचित्य पुष्टिका लागि नागरिक केन्द्रित गर्नुपर्छ भने ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?