Trending
>>   एनपिएल र नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु– शिखर धवन >>   बालाचतुर्दशीको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै भक्तजन >>   बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन प्रधानमन्त्रीको आग्रह >>   रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ >>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी >>   सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैनः अध्यक्ष दाहाल >>   मलेसियाको पीपीआई अक्टोबरमा २.४ प्रतिशतले घट्यो >>   इजिप्ट र जोर्डनबीच क्षेत्रीय विकासबारे छलफल
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

सवारी दुर्घटनामा एकको मृत्यु नौ जना घाइते


१७ ,असोज ,मनहरि (बागमती) । मकवानपुरमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

धरान चतरा सडक खण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा आज दूध बोक्ने खाली ट्याङ्कर दुर्घटना हुदाँ हेटौँडा उपमहानगरपालिका–९ एचआइडी निवासी अन्दाजी ३४ वर्षका सिद्धान्त लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताईन् ।

हेटौँडाबाट बकैयातर्फ गइरहेको ना१घ ५४४ नम्बरको ट्याङ्कर गाडी तीनतलेमा सडकबाट आफैँ अनियन्त्रित भई एक सय मिटर तल खस्दा सख्त घाइते भएका लामालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको र उपचारको क्रममा मध्याह्न १२ बजे निधन भएको प्रहरी प्रवक्ता भण्डारीले बताईन् ।

दुर्घटनामा सहचालक धादिङ जिल्ला गजुरी निवासी ४५ वर्षका प्रेम अधिकारी भने घाइते भएका छन् । उहाँका दाहिने खुट्टाको घुडामा गहिरो चोट लागेको र उनको हटोडा अस्पतालमा उपचार भइरहेको उनले बताईन् ।

यसैबीच आजै मकवानपुरको हेटौँडामा ट्रकले म्याजिकलाई ठक्कर दिँदा नौ जना घाइते भएका छन् भने तीनको अवस्था गम्भीर रहेको छ ।

हेटौँडा उपमहानगरपालिका–१९ सान्नानीटारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत सान्ननीटारमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज ३१६७ नम्बरको म्याजिकलाई सोही दिशाबाट आएको ना५ख ९६८४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा उक्त घटना भएको प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो । सडक किनारमा रोकी यात्रु चढाईरहेको अवस्थामा म्याजिकलाई ट्रकले ठक्कर दिएको उनले बताईन ।

घटनामा परी घाइते भएका हेटौँडा ११ थानाभञ्ज्याङका ३६ वर्षका विमल पुलामी मगर, हेटौँडा १९ नेवारपानीका लोकबहादुर मोक्तानकी दुई वर्षकी छोरी कुश्मी मोक्तान र सोही स्थानकी ५६ वर्षकी ठूलीमाया बम्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते मोक्तान र बम्जनलाई उपचारका लागि चितवन र बाँकी सातजनालाई उपचारका लागी हेटौँडा अस्पताल ल्याइएको प्रवक्ता भण्डारीले जानकारी दिईन । ट्रक तथा म्याजिक चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताईन् ।


प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?