Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

लोकवार्ता संरक्षणमा जोड


एघारौँ लोकवार्ता सम्मेलन यस वर्ष पाल्पा, गुल्मी र अर्घाखाँचीमा सम्पन्न भएको छ । सात बुँदे घोषणापत्रसहित सम्मेलन सम्पन्न भएको लोकवार्ता परिषद् नेपालका अध्यक्ष प्रा डा प्रेमकुमार खत्रीले बताउनुभयो । “लोक संस्कृतिसँग जीवन जोडिएको छ, हाम्रा गाउँघरमा विभिन्न थरिका संस्कृति छन्”, उहाँ भन्नुहुहन्छ, “लोककला, भाषाभाषी, लोकसाहित्यलाई संरक्षण तथा उजागर गर्न यस अभियानमा जोडिएका छौँ, यसले समुदायमा रहेका लोकसंस्कृति, कलाको विकास हुनेछ ।” लोकवार्ता सबैभन्दा ठूलो सम्पत्ति रहेको उहाँले जनाउँदै जग्गा, जमिन, धन, सम्पत्ति सङ्कलनमा भन्दा लोकवार्ता संरक्षणमा सबैले पहल गरेमा लोप भएर समुदायबाट विस्थापित नहुने बताउनुहुन्छ ।

यही फागुन ६ गते पाल्पाको तानसेनमा उद्घाटन गरी सुरु भएको सम्मेलन ११ गते अर्घाखाँचीको सन्धिखर्कमा पुगेर समापन गरिएको हो । सम्मेलनका क्रममा तानसेनमा लोकनृत्य , कार्यपत्र प्रस्तुति र लोकवार्ता विमर्श आयोजना गरिएको थियोे । पाल्पाको अर्गलीमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, अर्गलीका स्थानीयको आयोजनामा फाउ (फागु), मागल गायन, बाली गायन तथा अभिनयसहित लोकवार्ता विमर्श प्रदर्शन गरिएको थियो । यहाँ महिला समूहद्वारा मागल (मङ्गल) प्रस्तुत, कृतन मण्डलीले चुट्का भजन, नाचगान, महिला र पुरुषको टोलीले असारमा धान रोप्दा गाइने बाली गीत र त्यसको अभिनयसमेत प्रस्तुत गरिइएको थियो । गुल्मीस्थित रिडीको रुरु संस्कृत विद्यापीठमा भएको सम्मेलनमा मगर समुदायको सोरठी, मारुनी, मामाज्युलगायतका नृत्य, नेवार समुदायले लाखेनाच, ब्राह्मणले भजन र गन्धर्वले सारङ्गीवादन गरेर आफ्नो कला तथा संस्कृति प्रस्तुत, गुल्मीको तम्घासमा मगर समुदायले सति घाँटुनाच, नेवार समुदायले लाखेनाच, ब्राह्मण समुदायले भजन, फागु गीत, स्थानीय महिलाद्वारा एकतारे बाजा प्रदर्शन गरिएको थियो ।

सम्मेलनका लागि सहभागीले रेसुङ्गासहितका धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थलको अवलोकन गरेका थिए । अर्घाखाँचीको सन्धिखर्कमा सहभागी लोकवार्ताविद्ले अर्घाखाँचीको छत्रदेव महाराज कोट दरबार, शिद्धेश्वर धाम, अर्घाभगवती, अर्घा ढुङ्गो, ठूलीआलमको मन्दिर, मालारानी गाउँपालिकास्थित नरसिंहस्थान र मालारानी मन्दिर, सुपादेउरालीलगायतका स्थानको अवलोकन गरेका थिए । परिषद्का सल्लाहकार प्रा डा माधवप्रसाद पोखरेलले हाम्रा परम्परा, संस्कृति, संस्कार, लोककला, भाषा, साहित्य दोस्रो पुस्तामा हस्तान्तरण नहुँदा परम्परागत संस्कृति लोप हुने अवस्थामा पुगेको बताउनुभयो । यसरी देशव्यापीरूपमा सम्मेलन कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरी संरक्षणमा चासो बढ्ने उहाँको विश्वास छ ।

लोकवार्ता परिषद् लोकवार्ता सिकाउन नभई सिक्नका लागि गाउँगाउँ आएको पनि उहाँको भनाइ छ । “लोकवार्ता भनेको लोकविद्या हो, यो विद्या बाबुआमाले नै आफ्ना छोराछोरीलाई सिकायो भने यसले जीवन्तता पाउनेछ, पश्चिमेली संस्कृतिको प्रभावमा हाम्रा कला, संस्कृति हराउन पुगेका छन्, यिनलाई जोगाउनु हामी सबैको दायित्व हो”, उहाँले भन्नुभयो । कास्की, रुपन्देही, कपिलवस्तु, दैलेख, रोल्पा, ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुरलगायतका २२ जिल्लामा पुगेर सम्मेलन गरिसकेको छ । यो सम्मेलन हरेक वर्ष आयोजना हुँदै आएको छ । दशैँ–तिहारको बीचमा आयोजना हुँदै आए पनि यो वर्ष सङ्घ र प्रदेशको निर्वाचनका कारण निर्धारित समय पछाडि भएको हो । नेपालका सबै जिल्ला तथा भारतको सिक्किमबाट प्रतिनिधिको सम्मेलनमा सहभागिता थियो ।

विसं २०७१ मा संस्था स्थापना गरी लोकजीवन, लोकसंस्कृति, लोकसाहित्य, भाषा संरक्षण तथा जगेर्ना गर्दै आइरहेको छ । स्थलगत अध्ययन गरेर त्यस ठाउँको लोककला लोकजीवन हेर्ने र अर्को वर्ष त्यसैलाई कार्यपत्र तयार पारेर किताब छाप्ने काम गरिएको छ । कला, संस्कृतिसहितको संरक्षण गर्दै मूर्त–अमूर्त कला, संस्कृतिको अध्ययन अवलोकन गर्दै कार्यपत्र प्रस्तुत गर्ने, प्रचार–प्रसार गर्ने र त्यसलाई पुस्ककका रूपमा प्रकाशित गर्ने गरी सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?