Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

जनताको कुरा सुन्न र समाधान गर्न जागरण अभियान : अध्यक्ष नेपाल


१५ ,असोज ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको कुरा प्रत्यक्ष सुन्न र राज्यको निकायसम्म पुर्याएर समास्या समाधान गर्ने उद्देश्यले ‘एकीकृत समाजवादी जागरण अभियान’ सुरु गरिएको बताएका छन् ।

पूर्वी नाका काँकरभिट्टाबाट हिजोदेखि सुरु गरिएको एकीकृत समाजवादी जागरण अभियान २०८० मेची–महाकाली यात्राको उद्घाटन गर्दै उनले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य ध्येयले जागरण अभियान सुरु गरिएको बताए ।

जनताको चाहना र भावनालाई सम्बोधन गरी विशाल हृदयका साथ सबैलाई साथमा लिएर एकताबद्ध बनाएर अगाडि बढ्ने पक्ष उनको भनाइ थियो । अध्यक्ष नेपालले भने, “समाजवादी जागरण अभियानमार्फत देशभक्तिको झन्डा फहाराउने, लोकतन्त्रको आवाज बुलन्द गर्ने, गणतन्त्र रक्षाका निम्ति लड्ने र संविधानलाई बलियो बनाउनका लागि जनतामा जागरण पैदा गर्नेछौँ ।”

देशमा भ्रष्टाचारजन्य क्रियाकलाप बढिरहेको र जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति विभिन्न पार्टीहरूमा हुर्किरहेकाले यसको अन्त्य गर्न आवश्यक रहेको उनको धारणा थियो । उनले राष्ट्रिय पूँजीको विकास गरी मुलुकमा कृषिजन्य उद्योगहरू खोल्न सके युवाहरूमा रोजगारीको सिर्जना गर्न सकिने सम्भावना प्रशस्त भएको बताए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अनेकौँ व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएका कारण पार्टीले अभियान सुरु गरेको बताए । उनले मुलुकमा राजनीतिक क्षेत्र दिशाहीन हुँँदै जाँदा व्यापार घाटा बढ्नाका साथै महँगी बढेर देशमा आर्थिक सङ्कट चरम रूपमा पुग्दासमेत सरकारले नियन्त्रण गर्न नसकेको गुनासो गरे ।

उनले वर्तमान अवस्थामा राष्ट्रियता नै ठूलो सङ्कटमा गुज्रिएको, विदेशी हस्तक्षेप बढेको, देशको सिमानाको संरक्षण गर्न नसक्ने अवस्थामा सरकार पुगेको बताए । वरिष्ठ नेता खनालले पार्टी र जनतालाई बलियो बनाउने विश्वासका साथ अभियान सञ्चालन गरिएको बताए ।

पार्टीका महासचिव घनश्याम भुसालले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सङ्कट चुलिँदै गएको अवस्थामा पार्टीले आयोजना गरेको अभियानले नयाँ दिशानिर्देश गर्न सक्ने बताए ।

उनले अभियान एक/दुई दिनको मात्र नभएर युवालाई यही मुलुकमा रोजगारी सिर्जना नभएसम्म जारी रहने बताए । उनले यात्राकै कारण मुलुकमा कुनै पनि सदस्यलाई भविष्यमा भ्रष्ट र गैरजिम्मेवार हुनबाट रोक्ने समेत विश्वास व्यक्त गरे।

महासचिव भुसालले पहिलो चरणमा मेचीबाट सुरु गरिएको अभियान सुर्खेत पुगेर यही असोज २९ गते सकिने जानकारी दिए । एक हजार दुई सय किलोमिटरको यात्रामा प्रत्यक्षरूपमा जनताको समस्या बुझ्ने र सम्वादको माध्यमबाट युवालाई कार्यक्रम बनाएर रोजगारीतर्फ लैजाने उनको भनाइ छ ।

कार्यक्रम सुरु हुनुअघि विभिन्न जातजातिका झाँकीसहित निकालिएको ¥यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो । कार्यक्रममा पार्टीका उपाध्यक्ष, सचिव, केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्यको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?