Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

ग्रामीण समुदायका महिलालाई सीप विकाससम्बन्धी प्रशिक्षण


स्याङ्जाको कालीगण्डकी ४ विर्घाकी गङ्गा पाण्डेय घरायसी काममा व्यस्त हुनुहुन्थ्यो । चुलो चौको, घाँसपातसहित घरायसी कामकाज नै उहाँको दैनिकी हुन्थ्यो । उहाँजस्तै यहाँका अन्य ग्रामीण महिलाको दैनिकी प्रायः गङ्गाकै जस्तो मिल्दोजुल्दो थियो । ग्रामीण समुदायका महिला काममा निरन्तर खटिने, परिश्रम र मेहेनत गर्ने तर त्यसबाट उपलब्धी नहुने चुनौती थिए । दिगो जीविकोपार्जनका लागि महिलालाई उद्यमी बनाउनुपर्छ । यसका लागि महिला सशक्तीकरण तथा उद्यमशीलताका विषयमा प्रशिक्षण आवश्यक रहेको भन्दै मातृभूमि सामुदायिक पुस्तकालयले सीप विकाससम्बन्धी प्रशिक्षण प्रदान गर्यो ।

शान्ति भोलेन्टियर एसोसियसन र रिड नेपालको प्राविधिक सहयोगमा ग्रामीण समुदायमा रहेका महिलालाई लक्षित गरी सीप विकाससम्बन्धी प्रशिक्षण दिएसँगै महिलामा थप उत्साह र ऊर्जा थपिएको छ । “घरायसी काममामात्रै सीमित रहँदा अन्य अवसर र सम्भावनाका बारेमा हामीलाई ज्ञान हुँदैनथ्यो”, पाण्डेय भन्नुहुन्छ, “जब प्रशिक्षण पायौँ अनि सम्भावनाका ढोका खुलेको महसुस भएको छ ।” गङ्गाजस्तै रुपा पाण्डेयमा पनि प्रशिक्षणले प्रभाव पारेको छ । पुस्तकालयले महिलालाई लक्षित गरी आर्थिकरुपमा सशक्त बनाउन प्रशिक्षण दिएसँगै रुपामा पनि थप ऊर्जा ल्याएको छ । “जान्न र बुझ्न सके महिलाको आर्थिक विकासका लागि प्रशस्तै सम्भावना रैछन्”, रुपा भन्नुहुन्छ, “प्रशिक्षण पाउनुपूर्व हामी आफ्नै कुराहरु राम्रोसँग राख्न र घरबाहिर निस्केर खुलेर बोल्न सक्दैनथ्यौँ, घरकै काममा तल्लिन हुन्थ्यौँ, अब समय निकालेर आफूजस्तै अन्य महिला दिदीबहिनीको दैनिकी परिवर्तनमा लाग्ने छु ।” गङ्गा र रुपा पाण्डेयजस्तै प्रशिक्षणमा सहभागी भएका अन्य ४५ जना ग्रामीण महिलाले आफूहरुमा आत्मबल बढ्दै गएको बताउनुभयो । महिलाको आर्थिक विकासका लागि सम्भावनाको पहिचान भएकाले अब व्यक्तिगत वा सामूहिकरुपमा उद्यमशीलतामा जोडिँदै व्यावसायिकतातर्फ उन्मुख हुँदै जाने उहाँहरुको भनाइ थियो ।

महिलालाई प्रशिक्षण गरी आर्थिक विकासमा बढी प्रभाव पार्न सकिने विश्वाससहित महिला लक्षित कार्यक्रम सञ्चालन गरिएको पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयले बताउनुभयो । “महिला अब घरायसी काममा मात्रै सीमित हुनुहुन्न, अब आर्थिक उत्पादनसँग जोडिनुपर्छ यो समयको माग पनि हो”, अध्यक्ष पाण्डेयले भन्नुभयो, “महिलालाई आर्थिक उत्पादनसँग जोड्नका लागि पुस्तकालयले त्यहीअनुसारको सीप तथा आवश्यक सामग्री प्रदान गर्छ ।” महिला सीपयुक्त हुने र आर्थिक उत्पादनसँग जोडिने बित्तिकै स्वतन्त्र र सबल हुने विश्वास अध्यक्ष पाण्डेयको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?