Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

दाबी भुक्तानीलाई सहज बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे


१२ ,असोज ,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दाबी भुक्तानीलाई सहज बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल बीमा प्राधिकरणका पदाधिकारीसँग हिजो भएको अन्तक्र्रियामा उनले दाबी भुक्तानी पाइएन भनेर नागरिकको गुनासो आउने गरेको बताए ।

बीमा गराउँदा दिएको आश्वासन दाबी भुक्तानीमा नपाउँदा बीमितहरू निराश बन्ने उनले बताए । बीमाका सम्बन्धमा हाल पनि सर्वसाधारण सबैलाई जानकारी नभएको उल्लेख गर्दै उहाँले कृषि, पशु, व्यवसाय आदिलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए ।

बीमाबाट सर्वसाधारणले धेरै सुविधा र सहजता महसुस गर्ने गरी कार्य अघि बढाउन आग्रह गर्दै उनले सहकार्य, समन्वयका लागि सरकार प्रतिबद्ध भएको बताए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशले नीति बनाउँदा बीमासम्बन्धी व्यवस्थालाई प्राथमिकता दिन अनुरोध गरे ।

गण्डकी प्रदेशमा २७ दशमलव ४३ प्रतिशत र देशभर ४४ दशमलव ३८ प्रतिशत मानिस बीमाको पहुँचमा रहेको उक्त अवसरमा जानकारी गराइयो ।

नेपालमा जीवन बीमाको पहुँच धेरै रहेको प्राधिकरणले जनाएको छ । कृषि तथा पशुपक्षी बीमामा सङ्घले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत गरी शतप्रतिशत अनुदानको व्यवस्था रहेको जनाइएको छ ।


प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?