Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

दाबी भुक्तानीलाई सहज बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे


१२ ,असोज ,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दाबी भुक्तानीलाई सहज बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल बीमा प्राधिकरणका पदाधिकारीसँग हिजो भएको अन्तक्र्रियामा उनले दाबी भुक्तानी पाइएन भनेर नागरिकको गुनासो आउने गरेको बताए ।

बीमा गराउँदा दिएको आश्वासन दाबी भुक्तानीमा नपाउँदा बीमितहरू निराश बन्ने उनले बताए । बीमाका सम्बन्धमा हाल पनि सर्वसाधारण सबैलाई जानकारी नभएको उल्लेख गर्दै उहाँले कृषि, पशु, व्यवसाय आदिलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए ।

बीमाबाट सर्वसाधारणले धेरै सुविधा र सहजता महसुस गर्ने गरी कार्य अघि बढाउन आग्रह गर्दै उनले सहकार्य, समन्वयका लागि सरकार प्रतिबद्ध भएको बताए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशले नीति बनाउँदा बीमासम्बन्धी व्यवस्थालाई प्राथमिकता दिन अनुरोध गरे ।

गण्डकी प्रदेशमा २७ दशमलव ४३ प्रतिशत र देशभर ४४ दशमलव ३८ प्रतिशत मानिस बीमाको पहुँचमा रहेको उक्त अवसरमा जानकारी गराइयो ।

नेपालमा जीवन बीमाको पहुँच धेरै रहेको प्राधिकरणले जनाएको छ । कृषि तथा पशुपक्षी बीमामा सङ्घले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत गरी शतप्रतिशत अनुदानको व्यवस्था रहेको जनाइएको छ ।


प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?