Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

१२ एजेन्डासहित उपमहासचिवमा गुरूङकाे उम्मेदवारी घाेषणा


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी प्रविन गुरुङले बाह्र (१२) बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

एनआरएनए अभियानमा लामो समयदेखि लागेका गुरुङले संघको संस्थागत एकता, सुधार र सुदृढीकरणका लागि १२ बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी दिन लागेका हुन् । सामाजिक सेवा र व्यावसायिक कार्यमा सक्रिय गुरुङले आगागी कार्यकालमा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने, नेपालको विकास र समृद्धिका लागि सामूहिक लगानी ल्याउने, विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर रोजगारी बढाउने र सूचना प्रविधिमैत्री स्मार्ट एनआरएनए बनाउने लगायतका एजेण्डाहरु अघि सारेका छन् ।

आफ्ना एजेण्डाहरु सार्वजनिक गर्दै गुरुङले भने त्यस्तै उनले वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरताको लागि थप पहल गर्ने, नेपालमा पर्यटकहरु भित्राउन प्रबद्र्धन गर्ने र नेपाली कला संस्कृतिको जगेर्ना गर्ने एजेण्डाहरु अघि सारेका छन् ।

एनआरएनएमा दोस्रो पुस्ता वा युवा पुस्ता केन्द्रित कार्यक्रम ल्याउने, एनआरएनएको मूल मान्यतालाई कार्यान्वयन गराउने, खेलकुद क्षेत्रको विकास गर्ने र संघको राष्ट्रिय समन्वय परिषद् (एनसिसि) मा आबद्ध भएका सबै सदस्यहरुलाई संघको आईसिसी चुनावमा मत हाल्न पाउने व्यवस्थाको लागि पहल गर्ने उनको कार्य योजना छ ।

संघको उपमहासचिव पदमा उठ्नु अघि गुरुङले एनआरएनए कतारको सदस्य, उपाध्यक्ष, मध्यपूर्व उपसंयोजक, संयोजक हुँदै आइसिसीको सचिव पदमा बसेर कार्य गरिसकेका छन् ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?