Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

१२ एजेन्डासहित उपमहासचिवमा गुरूङकाे उम्मेदवारी घाेषणा


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी प्रविन गुरुङले बाह्र (१२) बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

एनआरएनए अभियानमा लामो समयदेखि लागेका गुरुङले संघको संस्थागत एकता, सुधार र सुदृढीकरणका लागि १२ बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी दिन लागेका हुन् । सामाजिक सेवा र व्यावसायिक कार्यमा सक्रिय गुरुङले आगागी कार्यकालमा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने, नेपालको विकास र समृद्धिका लागि सामूहिक लगानी ल्याउने, विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर रोजगारी बढाउने र सूचना प्रविधिमैत्री स्मार्ट एनआरएनए बनाउने लगायतका एजेण्डाहरु अघि सारेका छन् ।

आफ्ना एजेण्डाहरु सार्वजनिक गर्दै गुरुङले भने त्यस्तै उनले वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरताको लागि थप पहल गर्ने, नेपालमा पर्यटकहरु भित्राउन प्रबद्र्धन गर्ने र नेपाली कला संस्कृतिको जगेर्ना गर्ने एजेण्डाहरु अघि सारेका छन् ।

एनआरएनएमा दोस्रो पुस्ता वा युवा पुस्ता केन्द्रित कार्यक्रम ल्याउने, एनआरएनएको मूल मान्यतालाई कार्यान्वयन गराउने, खेलकुद क्षेत्रको विकास गर्ने र संघको राष्ट्रिय समन्वय परिषद् (एनसिसि) मा आबद्ध भएका सबै सदस्यहरुलाई संघको आईसिसी चुनावमा मत हाल्न पाउने व्यवस्थाको लागि पहल गर्ने उनको कार्य योजना छ ।

संघको उपमहासचिव पदमा उठ्नु अघि गुरुङले एनआरएनए कतारको सदस्य, उपाध्यक्ष, मध्यपूर्व उपसंयोजक, संयोजक हुँदै आइसिसीको सचिव पदमा बसेर कार्य गरिसकेका छन् ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?