Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा


कोलबुङ । इलामको रोङ गाउँपालिकाले भव्य रूपमा शिक्षा दिवस मनाएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर रोङ गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरेको हो । दिवसको अवसर पारेर गाउँपालिकाले रोङ विद्यालय शिक्षा सुधार अभियानको पनि घोषणा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले अभियानको घोषणा गरे ।

उनले शिक्षा सुधारमा शिक्षकसँगै विद्यार्थी, अभिभावक र सरकार बराबर जिम्मेवार रहने बताए । ‘शिक्षा सुधारमा शिक्षक जिम्मेवार भए पुग्छ भन्ने सोचाई छ । यो गलत सोचाई हो,’ उनले भने, ‘यो गलत बुझाइलाई चिर्नका लागि शिक्षक लागिपर्नुपर्छ । जति शिक्षक जिम्मेवार हुन्छन् । त्यति नै विद्यार्थी, अभिभावक र सरकार पनि जिम्मेवार हुन्छ । सरकारले शिक्षा सुधारका नीति बनाउनुपर्छ ।’

अभियानमार्फत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने, शिक्षक, विद्यार्थी र स्थानीय सरकार गरी चार खम्बे नीति कार्यान्वयन गर्ने, अध्यक्षसँग विद्यार्थी कार्यक्रममार्फत विद्यालयमा आधारित उद्यमशीलता विकास गर्ने, प्रविधिमैत्री शिक्षण तथा एकीकृत अनुगमन प्रणालीको कार्यान्वयन गर्न र शिक्षक, कर्मचारी तथा सामुदायिक विद्यालयको क्षमता विकास गरी शिक्षा प्रतिको अपनत्व विकास गर्ने योजना रहेको अध्यक्ष स्याङ्बोले बताए ।

विद्यालयको सुरक्षित र गुणस्तरीय भौतिक पूर्वाधार, प्रभावकारी स्थानीय पाठ्यक्रम निर्माण र खेलकुद तथा रोङ प्रतिभाको खोजी गर्न अभियान घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, विद्यालयको सामुदायिक विद्यालयको आन्तरिक स्रोतमा वृद्धि गर्ने योजना रहेको अध्यक्ष स्याङ्बोले बताए । ‘विद्यालयको सामान्य प्रशासनिक खर्चमा सरकारको बाटो हर्ने परिपाटी छ । हामीसँग श्रम संस्कार छ, जमिन छ अन्य प्राकृतिक स्रोत साधन छ,’ उनले भने, ‘भएको स्रोत साधनको संयोजन गरेर आम्दानीलाई मजबुद बनाएर लैजानु जरुरी छ । जसले भविष्यमा आउन संकने आर्थिक संकटलाई सहजै टार्न सकिन्छ ।’

कार्यक्रमकी अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजलले कार्यक्रम उल्लासमय भएको बताउँदै सबैलाई धन्यवाद दिइन् । उनले प्रत्येक वर्ष यस्ता कार्यक्रम गरिने बताइन् । राष्ट्रिय शिक्षा दिवस शिक्षकहरुको दिवस भएको बताइन् ।


प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?