Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने


१ ,असोज ,काठमाडौँ । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ ।

नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट आज बसेको बैठकबाट ‘हल्कारा’ लाई सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए ।

उनले भने, “प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेका हौँ ।”

उनका अनुसार सन् २०२४ मा अमेरिकास्थित लस एन्जल्समा हुने भनिएको सो अवार्डका लागि नेपालस्थित समितिमा चलचित्रहरु ‘डाकिनी’, ‘हल्कारा’, ‘नीरफूल’, ‘बुलाकी’ र ‘बगान’का तर्फबाट सहभागिताका लागि आवेदन परेको थियो ।

मापदण्डअनुसार विसं २०७९ असोज १५ गतेदेखि विसं २०८० भदौ २९ अघिसम्म प्रदर्शन भएका चलचित्रहरू प्रतिस्पर्धामा सहभागी भएका थिए ।

चलचित्र विकास बोर्ड सदस्य राजु केसीको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिमा मञ्जुकुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना सदस्य र रीतिका भट्टराई सचिव छन् ।


प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?