Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

बिजुली खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धनमा ध्यान केन्द्रित गरेका छौ : ऊर्जामन्त्री बस्नेत


३१ ,भाद्र ,काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताएका छन् ।

उनले वातावरणको संरक्षणका साथ साथै देशभित्रको बिजुलीको खपत बढाउनका लागि पनि विद्युतीय सवारी साधनको प्रवद्र्धन जरुरी रहेको उल्लेख गरे ।

काठमाडौँको भृकुटीमण्डपमा जारी सवारी साधनहरुको मेला नाडा अटो शो २०२३ को स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै मन्त्री बस्नेतले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि देशव्यापी रुपमा थप चार्जिङ स्टेशन निर्माणलाई पनि प्राथमिकता दिइएको बताए ।

निजी क्षेत्रले चार्जिङ स्टेशन निर्माण गर्न चाहेको खण्डमा आवश्यक सहजीकरण गरिएको, विद्युत् प्राधिकरणले प्रसारण प्रणाली तथा ट्रान्सफर्मर समेत प्रबन्ध गरिरहेको जानकारी दिँदै मन्त्री बस्नेतले युग सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि गर्न सकिने जति सबै काम गरिने विश्वास दिलाए ।

उनले प्राधिकरणले हालै मात्र देशभर ५१ वटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको जानकारी दिँदै क्रमशः देशभर नै थप त्यस्ता स्टेशन निर्माण गरेर विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने बताए ।

निजी क्षेत्रलाई सघन रुपमा चार्जिङ स्टेशन निर्माणका लागि लगानी गर्न आग्रह गर्नुहुँदै मन्त्री बस्नेतले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट मात्रै वातावरणको संरक्षण र बिजुलीको खपत बढाउन सकिने स्पष्ट पारे ।

मन्त्री बस्नेतले सरकार विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुको पछाडि वातावरणको संरक्षणका अलावा पेट्रोलियम पदार्थको खरिदका लागि विदेशिने ठूलो रकम जोगाउनका लागि समेत सहयोगी बन्ने स्पष्ट पारे ।

सो अवसरमा नाडाका पदाधिकारीले मेलामा राखिएका विद्युतीय सवारी साधनको बारेमा जानकारी गराउँदै नीतिगत स्थिरता कायम गरिदिन र विद्युतीय सवारीमा लाग्दै आएको कर घटाइदिन मन्त्री बस्नेतसँग आग्रह गरेका थिए ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?