Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

बागलुङ कालिका मन्दिर जिर्णोद्धार


धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढङ्गले जिर्णोद्धार गरिएको छ । ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ । धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्दर्यतामा समस्या ल्याएको भन्दै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढङ्गले रुपान्तरण गर्न रणनीतिक योजना बनाएको हो । मन्दिरका अन्य सहायक संरचना सत्तल, हवन कुण्डलगायत निर्माणाधीन छन् ।

दुई महिना लगाएर ताम्रपत्र मर्मतलगायत काम गरेको छ । मन्दिरको बाहिरी संरचनामा कलात्मकरुपमा निर्माण गरिएका इँटाको प्रयोग गरिएको छ । पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअन्तर्गत मन्दिरको स्वरुपलाई कलात्मक बनाइएको र आगामी दिनमा अन्य संरचना पुरातात्विक शैलीमा निर्माण गरिने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । “मन्दिरको भित्री संरचना जीर्ण भएको थियो, तामाको छानो चुहिने भएपछि जिर्णोद्धारसँगै मर्मतसम्भार गरिएको हो”, उहाँले भन्नुभयो, “दुई चरणमा गरेर दुई महिनामा कलात्मक बनाइएको हो ।” मन्दिरको पूर्वपट्टिको सत्तल र हवन अग्निकुण्डलाई कलात्मक बनाइँदै छ । सिमेन्ट र ढुङ्गाजडित संरचना हटाएर कलात्मक काठ र धातुको प्रयोग गरेर संरचना बनाउने योजना रहेको खड्का बताउनुहुन्छ ।

रु २६ लाखको लागतमा मन्दिरको जिर्णोद्धार गरिएको हो । सत्तल निर्माणमा रु ७० लाख र हवनकुण्ड निर्माणमा रु १३ लाख खर्च लाग्ने समितिले जनाएको छ । मन्दिर जिर्णोद्वारपछि चिटिक्क देखिएको छ । आगमी दिनमा मन्दिर तथा अन्य संरचना निर्माण गर्दा काष्ठकला, धातु तथा अन्य पुरातात्विक वस्तुको प्रयोग गर्नुपर्ने समितिलाई स्थानीयवासीको सुझाव छ ।


प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?