Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भियतनाम पहिरोमा पाँच जना पुरिए


२८ भदाै, एजेन्सी । उत्तरी भियतनाममा आएको बाढीसँगै पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छभने अन्य चार जना बेपत्ता भएका छन् ।

भियतनामको उत्तरी पहाडी क्षेत्रमा पर्ने लाओ काइ प्रान्तमा १३ वटा घर भत्किएका,एक सय ५० हेक्टर कृषि उत्पादन र ६१ मत्स्यपालन केन्द्र नष्ट भएका प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सञ्चालन समितिले बिहीबार जनाएको छ ।

सोही प्रान्तको सापा नगरको पर्यटकीय स्थलमा ‘प्राकृतिक प्रकोप आपत्काल’ घोषणा गरिएको छ । लाओ काइ प्रान्तमा मात्र एक करोड अमेरिकी डलरभन्दा बढीको क्षति भएको अनुमान गरिएकोछ ।

यसैगरीे हागियाङ र येन बाई प्रान्तका नौ घर पुरिएका तथा ३० हेक्टर धान र सागसब्जी खेती डुबानमा परेका छन् । मौसम विज्ञान विभागले आगामी दिनमा अझै पानी पर्ने सम्भावना रहेको तथा बाढीपहिरोमा पर्न सकिने बताउँदै सचेत रहन तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ ।

बाढीपहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरगा गर्न तथा जनताका सम्पत्तिको संरक्षण गर्न राष्ट्रिय सेनालाई निर्देशन दिइएको छ ।

भियतानामको तथ्याङ्क कार्यालयका अनुसार यस वर्षको पहिलो आठ महिनामा प्राकृतिक प्रकोपका कारण ७९ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् । यो अवधिमा आठ करोड २० लाख अमेरिकी डलरभन्दा बढीको भौतिक सम्पत्ति नाश भएको छ । अघिल्लो वर्षको तुलनामा यो आर्थिक नोक्सानी ६४.८ प्रतिशतले कम हो ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?