Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

संवैधानिक इजलासमार्फत सदरमुकाम रुकुमकोट कायम


२८ ,भाद्र ,रुकुम । रुकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम भएको छ । हिजो बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले रुकुमकोटमै जिल्ला सदरमुकाम कायम गरेको हो ।

प्रधानान्यायधिश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरीप्रशाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह रावतको इजलासले जिल्ला सदरमुकाम रुकुमकोट कायम गरेको हो ।

विसं २०७४ माघ ११ गते तत्कालीन शेरबहादुर देउवा सरकारले रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङ्गा–१२ गोलखाडामा तोक्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयविरुद्ध २०७४ माघ १७ मा अधिवक्ता गणेश हमाललगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त मुद्दाको संवैधानिक इजलासबाट सुनाइ गर्दै रिट आदेश भएको हो । रुकुम पूर्व छ वर्षदेखि सदरमुकामको विषयमा टुङ्गो नलाग्दा सरकारी कार्यालय निर्माणदेखि अन्य काममा अन्यौता भएको थियो ।

हिजो संवैधानिक इजलासबाट रिट आदेश आएसँगै जिल्ला सदरमुकामको विवाद टुङ्गो लागेको हो ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?