Trending
>>   रास्वपाको केन्द्रीय समिति बैठक शनिवार बस्दै >>   आजको मौसम : यी चार प्रदेशमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक २३ गते शुक्रबार, हेर्नुहोस आजको राशिफल >>   रास्वपाले तोक्यो उपनिर्वाचनको जिम्मेवारी >>   कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा छठ पर्वको शुभकामना >>   कसरी भयो छठ मनाउने प्रचलनको थालनी? >>   प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना >>   छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल >>   आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक २२ गते बिहिबार, हेर्नुहोस आजको राशिफल
Logo
२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार

‘दाहाललाई प्रधानमन्त्री बनाउँदा कांग्रेस कार्यकर्ताले चित्त दुखाउन हुँदैन’


२७ ,भाद्र ,लेखनाथ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको समृद्धितर्फ अगाडि बढिरहेको बताएका छन् ।

नेपाली कांग्रेस पोखरा महानगर समितिको दोस्रो महानगर सम्मेलनलाई बुधबार पोखरामा सम्बोधन गर्दै उहाँले देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी नेपाली कांग्रेस भए पनि राजनीतिक व्यवस्थापन गर्दा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री स्वीकार गर्दा कांग्रेसका कार्यकर्ताले चित्त दुखाउन नहुने बताए ।

“कांग्रेस सबैको हित चाहने पार्टी हो, कांग्र्रेस आम जनताको सुख दुःखमा साथ दिने पार्टी नै हो”, उनले भने, “जनताको भरविश्वास पनि कांग्रेस पार्टीमा रहेकाले नयाँ उम्रेका पीपलपाते पार्टी क्षणिकका लागि मात्र हुन् ।”

मिसन २०८४ मा पनि कांग्रेस नै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै कार्यकर्तालाई विचलित नहुन उहाँले आग्रह गरे। “नेपाली कांग्रेस सीमित व्यक्ति मात्र नभई सबै जनता धनी भएको देख्न चाहन्छ, महामानव वीपीको सिद्धान्त पनि जनता धनी हुन् भन्ने नै थियो”, उनले भने ।

कांग्रेस भ्रष्टाचार विरोधी अभियानमा रहेको भन्दै उनले भ्रष्टाचारमा लाग्ने आफ्नै नेता तथा कार्यकर्तालाई पनि जोगाउने पक्षमा पार्टी नरहेको स्पष्ट गरे ।

कांग्रेसलले नेपालमा पहिचानको मुद्दा ७० वर्ष पहिला नै उठाएकाले कांग्र्रेसभन्दा क्रान्तिकारी पार्टी अरु कुनै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री थापाले नेपालको विविधतालाई कुनै हालतमा मास्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

“नेपाली कांग्रेस छिमेकी देश भारत र चीनको सम्बन्ध सन्तुलित राख्न चाहन्छ, सानो मुलुक उनीहरूसँग विवाद गर्न चाहँदैन, र गर्न पनि सक्दैन”, उनले भने, “नेपाल जुनसुकै देशमा पनि शान्ति स्थापना होस् भन्ने पक्षमा छ ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले वीपीको सिद्धान्तलाई अँगाल्दै कांग्रेस अगाडि बढ्न आवश्यक भएको बताए । कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र र व्यक्ति स्वतन्त्रता बलियो हुने उनको भनाइ थियो ।

कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले नेपाली कांग्रेसका हरेक कार्यकर्ताले देशमा भएका उपलब्धिको प्रचारप्रसार गरी कांग्रेसप्रतिको आकर्षण बढाउनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?