Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

भूमि आयोगमा चार सय बढीको निवेदन


राष्ट्रिय भूमि आयोग चितवनमा चार सय ८४ जनाले आफ्नो जग्गा धनी प्रमाणपूर्जा अद्यावधिकका लागि निवेदन दिएका छन् । अघिल्ला आयोगले भोगचलनका लागि मात्रै दिएका पूर्जा अद्यावधिकका लागि आयोगमा निवेदन दिएका हुन् । आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सीनाका अनुसार सात पालिकामध्ये सबैभन्दा धेरै निवेदन इच्छाकामना गाउँपालिकाबाट आएका छन् ।

गाउँपालिकाबाट दुई सय २३ वटा निवेदन परेको उहाँले जानकारी दिनुभयो । यस्तै भरतपुर महानगरपालिकाबाट एक सय ६३, खैरहनी नगरपालिकाबाट ४२, माडी नगरपालिकाबाट २४, राप्ती नगरपालिकाबाट १९ र रत्ननगर नगरपालिकाबाट १३ वटा निवेदन परेका छन् । कालिका नगरपालिकाबाट अहिलेसम्म निवेदन नपरेको उहाँले बताउनुभयो । आएका निवेदनमाथि छानविन गरी आयोगले निर्णय गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जग्गाको मूल्य बराबरको राजश्व बुझाई सकेकाको अद्यावधिकका लागि छिट्टै निर्णय गर्छौँ ।”

जग्गा धनी प्रमाण पूर्जा पाएर पनि समय तोकिएर बेचबिखन गर्न नपाउने गरी अघिल्ला आयोगले जिल्लामा पूर्जा वितरण गरेका थिए । पुराना आयोगले पाँच वर्ष र १० वर्षसम्म बेचबिखन गर्न नपाउने गरी पूर्जा वितरण गरेको उहाँले बताउनुभयो । आयोगले निवेदन सङ्कलन गरेर उनीहरुलाई अब पूर्ण स्वामित्वका लागि निर्णय गर्ने उहाँको भनाइ छ । जिल्लामा रहेका मालपोत कार्यालय र नापी कार्यालयसँग समन्वय गरेर काम अघि बढाइने आयोगले जनाएको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?