Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

पहिलो बिपी साहित्य महोत्सवः तयारी पुरा,यस्तो छ महोत्सवको तालिका


काठमाडौः कांग्रेसले बिपीजयन्तीको अवसर पारेर गर्न लागेको साहित्य महोत्सवको तयारी पुरा गरेको छ । कांग्रेसले पहिलोपटक ‘बिपी साहित्य महोत्सव’ आयोजना गरी बिपीको साहित्य र राजनीतिक योगदानलाई स्मरण गर्न लागेको हो ।

कार्यक्रमका लागि सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा मूल तयारी समिति गठन गरेको छ । राजनीतिमा देखिएका गलत संस्कृतिको अन्त्य र असल संस्कृतिमा अभिमुख गराउनु महोत्सवको उद्देश्य रहेको पाण्डेको भनाइ छ । ‘विचारको राजनीति पुनर्ताजगी गर्ने गरी महोत्सव गर्न लागिएको हो । गलत संस्कृतिको अन्त्य गर्दै असल संस्कृतिको बाटोमा सिंगै राजनीति अभिमुख गराउनु महोत्सवको मुख्य उद्देश्य हो,’ उनले भने ।

महोत्सव कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा र नेपाली लेखक संघको संयोजनमा सम्पन्न हुनेछ । १० साउनमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बिपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसर पारेर २४ भदौबाट तीन दिन हुने महोत्सवको अन्तिम तयारी भइरहेको छ । महोत्सव कांग्रेस केन्द्रीय कार्यालय सानेपामा २४ देखि २६ भदौसम्म आयोजना हुनेछ ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?