Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

‘अल्झिएको हुन्छु म’मा कैलाश र क्रिष्टिनाको रोमाण्टिक मुड


काठमाडौं – गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको ‘अल्झिएको हुन्छु म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ। टिका दहालले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा कैलाश न्यौपाने र क्रिष्टिना अनु बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। कैलाश र क्रिष्टिनाले यसै भिडियो मार्फत मोडलिङमा डेब्यु गरेका हुन्। अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको गीतको भिडियोलाई सुरज पाण्डेले खिचेका हुन्। भिडियोलाई दिन्सन शाहले सम्पादन रहेको छ। भिम न्यौपानेको निर्देशनमा भिडियो तयार पारिएको हो।

न्यौपाने निर्देशित यो पहिलो म्युजिक भिडियो हो। व्यवसायी, फिल्म निर्माता एवम कलाकार समेत रहेका न्यौपानेले यसअघि चलचित्र निर्माण तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। बुद्ध ट्राभल एण्ड टुरको निर्माण सहयोग रहेको भिडियोलाई ‘बिजी इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?