Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

जसपा प्रशिक्षणको तयारीमा


२१ ,भाद्र ,काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको छ ।

ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यस अघि मनबहादुर गुरुङको अध्यक्षतामा ३१ सदस्यीय तमुवान राष्ट्रिय समिति पुनर्गठन गरिएको थियो ।

राष्ट्रिय समितिले समिति पुनर्गठन गर्नुका साथै अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम पनि गर्न थालेको छ । सोहीअन्तर्गत शुक्रबार किरात राष्ट्रिय समितिले उदयपुरको बेलका नगरपालिकामा अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको छ ।

पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राई, अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, राजकिशोर यादव, पर्शुराम बस्नेत, सुशीला श्रेष्ठलगायत नेताले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?