Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

नदीजन्य पदार्थ चोरी गर्ने समूहको आक्रमणबाट नगर प्रहरी गम्भीर घाइते


१९ ,भाद्र ,मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा नदीजन्य पदार्थ चोरी गर्न गएको समूहको आक्रमणबाट नगर प्रहरी गम्भीर घाइते भएका छन् ।

अवैध ढुङ्गा गिटी चोरी नियन्त्रणका लागि गए राति गिरुवारी खोलामा ड्युटीमा खटिएकी नगर प्रहरी जवान यममाया मल्ललाई तस्करले ढुङ्गाले हानेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

“हुप्सेकोट–४ स्थित गिरुवारी खोलामा खटिएका चार नगर प्रहरीलाई देख्नासाथ तस्करले आक्रमण गरेका थिए”, उनले भने, “आक्रमणमा परी अर्का नगर प्रहरी सुजन महतो पनि घाइते भएका छन् उनले टाउकोमा हेल्मेट लगाएकाले गम्भीर चोट लाग्न पाएन । ”

घाइते मल्ललाई उपचारका लागि भरतपुरस्थित मेडिकल कलेजमा लगिएकोमा उपचार हुन नसकेपछि जहाजमार्फत न्यूरो अस्पताल काठमाडौँ लगिएको छ ।

नगर प्रहरीलाई आक्रमण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक तिवारीले बताए ।“आक्रमणमा सामेल एक जना फरार छन्, खोजी कार्य जारी छ”, उनले भने ।

हुप्सेकोट गाउँपालिकाले गत जेठदेखि यममाया मल्लसहित सात जनालाई नगर प्रहरी नियुक्त गरेको थियो ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?