Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

गृहमन्त्रीले राजीनामा दिन हुन्न : डा दीक्षित


१९ ,भाद्र ,काठमाडौँ । राजनीति विश्लेषक डा सुन्दरमणि दीक्षितले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि हालतमा पदबाट राजीनामा दिन नहुने बताएका छन् ।

आज रिपोर्टस् क्लब नेपालमा आयोजित पत्रकारसँगको भेटघाटमा सरकारले छानबिन थालेका भ्रष्टाचार काण्डको निष्पक्ष अनुसन्धान नहुने भएकाले तत्काल गृहमन्त्रीको राजीनामा माग्नु गलत रहेको बताए ।

“गृहमन्त्रीलाई कुनै पनि हालतमा हटाउनुहुँदैन । उनलाई हटाएमा बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी स्टेट र सुन तस्करी प्रकरण सबै बिथोलिने देखिन्छ”, दीक्षितले भने, “त्यसैले अहिले गृहमन्त्रीको राजीनामा माग्नुभन्दा अनुसन्धान गर्न सहयोग गर्नुपर्छ तर अहिलेसम्म भ्रष्टाचार काण्डको अनुसन्धान हेर्दा भने हात्ती आयो हात्ती आयो फुस्साजस्तै भइरहेको छ ।”

विश्लेषक दीक्षितले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको अव्यिक्तिप्रति पनि आपत्ति जनाए ।

उनले बालेनले आफ्नो पदीयता मर्यादा कायम राख्दै संयमित हुनुपर्नेमा जोड दिए ।

दीक्षितले मेयर पदमा बसेर सरकारप्रति अराजकशैलीमा टिप्पणी गर्न नहुने पनि बताए ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?