Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

गृहमन्त्रीले राजीनामा दिन हुन्न : डा दीक्षित


१९ ,भाद्र ,काठमाडौँ । राजनीति विश्लेषक डा सुन्दरमणि दीक्षितले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि हालतमा पदबाट राजीनामा दिन नहुने बताएका छन् ।

आज रिपोर्टस् क्लब नेपालमा आयोजित पत्रकारसँगको भेटघाटमा सरकारले छानबिन थालेका भ्रष्टाचार काण्डको निष्पक्ष अनुसन्धान नहुने भएकाले तत्काल गृहमन्त्रीको राजीनामा माग्नु गलत रहेको बताए ।

“गृहमन्त्रीलाई कुनै पनि हालतमा हटाउनुहुँदैन । उनलाई हटाएमा बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी स्टेट र सुन तस्करी प्रकरण सबै बिथोलिने देखिन्छ”, दीक्षितले भने, “त्यसैले अहिले गृहमन्त्रीको राजीनामा माग्नुभन्दा अनुसन्धान गर्न सहयोग गर्नुपर्छ तर अहिलेसम्म भ्रष्टाचार काण्डको अनुसन्धान हेर्दा भने हात्ती आयो हात्ती आयो फुस्साजस्तै भइरहेको छ ।”

विश्लेषक दीक्षितले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको अव्यिक्तिप्रति पनि आपत्ति जनाए ।

उनले बालेनले आफ्नो पदीयता मर्यादा कायम राख्दै संयमित हुनुपर्नेमा जोड दिए ।

दीक्षितले मेयर पदमा बसेर सरकारप्रति अराजकशैलीमा टिप्पणी गर्न नहुने पनि बताए ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?