Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

अति विपन्न समुदायलाई आवासीय घर हस्तान्तरण


१९ ,भाद्र ,इनरुवा । सुनसरी दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अतिविपन्न समुदायका लागि आवासीय घर तयार गरेर हस्तान्तरण समेत गरेको छ ।

रु सात करोडको लगानीमा दुई बिघा दुई कट्ठा क्षेत्रफलमा नगरपालिकाले निर्माण गरेको आवासीय बस्तीमा ती समुदायका ८० परिवार बस्नेछन् ।

दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले ‘नगरप्रमुख आवास योजना’अन्तर्गत दुहबी ११ तनबुनामा निर्माण गरिएका आवासीय घर सोमबार हस्तान्तरण गरिएको बताए ।

उनका अनुसार साढे चार धुर क्षेत्रफलमा निर्माण गरिएको प्रत्येक घरमा शौचालयसहित खानेपानी, बिजुली जडान गरिएका छन् ।

आवासीय बस्तीमा विवाह, व्रतबन्धलगायत विभिन्न उत्सवका लागि सामुदायिक भवनको समेत व्यवस्था गरिएको छ । घर हस्तान्तरणका लागि नगरपालिकामा परेको दुई सय बढी आवेदनबाट छनोट भएका ८० घरपरिवारलाई मात्र घर हस्तान्तरण गर्न सकिएको र बाँकी परिवारलाई पनि चाँडै घर निर्माण गरी हस्तान्तरण गरिने योजना रहेको नगरप्रमुख गच्छदारले जानकारी दिए ।

नगरपालिकाले घर पाएका परिवारका बालबच्चाको शिक्षाका लागि नजिकैको विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने र अभिभावकलाई पनि सीपमूलक तालिम प्रदान गरी स्वरोजगारको व्यवस्था मिलाउने जनाएको छ ।

आवासीय बस्तीको नियमित अनुगमन गरिने र घर ओगटेर अन्यत्र बसोबास गरे कारबाही गरिने नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?