Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

अति विपन्न समुदायलाई आवासीय घर हस्तान्तरण


१९ ,भाद्र ,इनरुवा । सुनसरी दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अतिविपन्न समुदायका लागि आवासीय घर तयार गरेर हस्तान्तरण समेत गरेको छ ।

रु सात करोडको लगानीमा दुई बिघा दुई कट्ठा क्षेत्रफलमा नगरपालिकाले निर्माण गरेको आवासीय बस्तीमा ती समुदायका ८० परिवार बस्नेछन् ।

दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले ‘नगरप्रमुख आवास योजना’अन्तर्गत दुहबी ११ तनबुनामा निर्माण गरिएका आवासीय घर सोमबार हस्तान्तरण गरिएको बताए ।

उनका अनुसार साढे चार धुर क्षेत्रफलमा निर्माण गरिएको प्रत्येक घरमा शौचालयसहित खानेपानी, बिजुली जडान गरिएका छन् ।

आवासीय बस्तीमा विवाह, व्रतबन्धलगायत विभिन्न उत्सवका लागि सामुदायिक भवनको समेत व्यवस्था गरिएको छ । घर हस्तान्तरणका लागि नगरपालिकामा परेको दुई सय बढी आवेदनबाट छनोट भएका ८० घरपरिवारलाई मात्र घर हस्तान्तरण गर्न सकिएको र बाँकी परिवारलाई पनि चाँडै घर निर्माण गरी हस्तान्तरण गरिने योजना रहेको नगरप्रमुख गच्छदारले जानकारी दिए ।

नगरपालिकाले घर पाएका परिवारका बालबच्चाको शिक्षाका लागि नजिकैको विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने र अभिभावकलाई पनि सीपमूलक तालिम प्रदान गरी स्वरोजगारको व्यवस्था मिलाउने जनाएको छ ।

आवासीय बस्तीको नियमित अनुगमन गरिने र घर ओगटेर अन्यत्र बसोबास गरे कारबाही गरिने नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?