Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

रुसी सेनामा दुई लाख असी हजारको भर्ती


१७ ,भाद्र ,मस्को । रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएका छन् ।

सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहनु भएका पूर्वराष्ट्रपतिले आइतबार उक्त जानकारी दिएका हुन् ।

युक्रेनसँगको आक्रामक कारबाही १९ औँ महिनामा चलिरेहेका बेला धेरैभन्दा धेरै पुरुषलाई सेनामा आकर्षितत गर्ने प्रयास भएको बताउँदै उनले केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई रणमैदानमा परिचालन गरिएको बताएका छन् ।

रूसी सेनाले अनलाइन र रूसी सडकहरूमा व्यापक विज्ञापन निकालेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ ।

सन् २००८ देखि २०१२ सम्म रुसको नेतृत्व गर्रेका मेदभदेवले युक्रेन आक्रमणको समर्थन गर्दै आएका छन् ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?