Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

माओवादी नेता श्रमदानमा व्यस्त


१६,भाद्र ,हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) ले जनतासँग माओवादी विषेश रुपान्तरण अभियानअन्तर्गत आज उद्घाटनको दिन मकवानपुर जिल्लास्थित विभिन्न पालिकाहरुमा श्रमदान, सहिद परिवार सम्मान र विकास निर्माण कार्य गरेको छ ।

माओवादी केन्द्र मकवानपुरका अनुसार पार्टीको तीनमहिने अभियानको उद्घाटन गर्ने क्रममा केन्द्रीय सदस्य जनतासँग श्रमदानमा जोडिएका हुन् ।

मकवानपुरको पूर्वीक्षेत्रमा रहेको बागमती गाउँपालिका–७ कमिटीले चौरा आधारभूत विद्यालयका लागि खानेपानी इनार निर्माण तथा पाइप पुर्ने कार्य गर्नुको साथै तीर्थकुमारी श्रेष्ठको खेतमा धान गोडेको पार्टीका मकवानपुर संयोजक एवं बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।

यसका साथै अन्य वडामा कोदो रोप्ने, धान गोड्ने, मन्दिर र अन्य क्षेत्र सरसफाइ गरिएको उनले बताए ।

यता, भीमफेदी गाउँपालिकामा भने त्रिभुवन राजमार्गमा पहिरो पन्छाउने काम गरिएको पार्टीका पालिका अध्यक्ष बद्री स्याङ्तानले जानकारी दिए ।

थाहा नगरपालिकामा माओवादी केन्द्रले वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने, अन्तरक्रिया गर्ने, जनताले चाहेको माओवादी रुपान्तरणका विषयमा जनतालाई सोध्ने लगायत काम गरेको माओवादी केन्द्र थाहा नगर अध्यक्ष विनोद लामाले जानकारी दिए ।

त्यसैगरी राक्सीराङ गाउँपालिकाले कमिटीले वडा ५ स्थित विर्षे खोलामा आवतजावतमा बाधा पुगेका कारण ह्युमपाइप हालिएको पार्टीका पालिका इञ्चार्ज एवं गाउँपालिका उपाध्यक्ष वनस्थम थिङले जनाए ।

माओवादी केन्द्रले जिल्लाभर श्रमदान गर्ने र श्रमदान नगरिएको स्थानमा अभियानको कार्यतालिका बनाउने, जनताको गुनासो सुन्नेलगायत काम गरेको पार्टीका जिल्ला संयोजक घलानले जानकारी दिए ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?