Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

‘जमाना छ मोबाइलको’ सार्वजनिक ( भिडियो )


काठमाडौं : गायक मिलन परियारको स्वरमा रहेको कवाली शैलीको गीत ‘जमाना छ मोबाइलको’ सार्वजनिक भएको छ। प्रेम रामदामको शब्द, संगीतमा रहेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।

तीव्र गतिमा प्रविधिको विकास भएसँगै मोबाइल फोनका प्रयोगकर्ताहरू बढेका छन् । सञ्चारले एकातिर सुविधा थपेको छ भने अर्कोतिर विकृति बढाएको छ । विभिन्न घटनामा मोबाइलको दुरुपयोगकै भूमिका हुने गरेको छ । यहि कथावस्तुमा आधारित रहेर यस गीतको भिडियो निर्माण गरिएको हो।

भिडियोमा सुजनराज सिवाकोटी,पृथ्वी बोहरा, रेगन प्रसाई, गीता बस्नेत, विक्रम धिमाल र अल्बिना मगरको अभिनय रहेको छ। गोपाल नेपालीले छायाँकन गरेको भिडियोलाई तिलक रिजालले सम्पादन गरेका हुन्। पेमा लामाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘गोलो प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?