Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

‘जमाना छ मोबाइलको’ सार्वजनिक ( भिडियो )


काठमाडौं : गायक मिलन परियारको स्वरमा रहेको कवाली शैलीको गीत ‘जमाना छ मोबाइलको’ सार्वजनिक भएको छ। प्रेम रामदामको शब्द, संगीतमा रहेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।

तीव्र गतिमा प्रविधिको विकास भएसँगै मोबाइल फोनका प्रयोगकर्ताहरू बढेका छन् । सञ्चारले एकातिर सुविधा थपेको छ भने अर्कोतिर विकृति बढाएको छ । विभिन्न घटनामा मोबाइलको दुरुपयोगकै भूमिका हुने गरेको छ । यहि कथावस्तुमा आधारित रहेर यस गीतको भिडियो निर्माण गरिएको हो।

भिडियोमा सुजनराज सिवाकोटी,पृथ्वी बोहरा, रेगन प्रसाई, गीता बस्नेत, विक्रम धिमाल र अल्बिना मगरको अभिनय रहेको छ। गोपाल नेपालीले छायाँकन गरेको भिडियोलाई तिलक रिजालले सम्पादन गरेका हुन्। पेमा लामाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘गोलो प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?