Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्छ: मन्त्री शर्मा


दाङ, १६ भदौ ।सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौं सहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन संभव भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले आजदेखि सुरु गरेको तीन महिने बिशेष रुपान्तरण अभियान उद्घाटनका अवसरमा दाङको घोराही १७ बर्गदीस्थित सहिदस्मृति पार्कमा आयोजित कार्यक्रममा उहाँले अब सहिद सपना पूरा गर्ने गरी पार्टी र सरकार अघि बढ्ने बताउनुभयो ।

सहिदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको उल्लेख गर्दै उहाँले अब सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्ने बताउनुभयो । इतिहासमा पहिलोपटक सरकार जनतासित जोडिएको उल्लेख गर्दै उहाँले सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढिरहेको बताउनुभयो । वर्तमान सरकार गठन भएदेखि निरन्तर जनताको सेवा, सुविधा र सुशासनलाई प्राथमिकता राखिएको मन्त्री शर्माले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री शर्माले पार्टी जनतामा फकने अभियान सुरु भएको बताउनुभयो । शान्ति प्रक्रियापछि पार्टी पटक पटक सरकारमा गए पनि जनताले चाहेजस्तो परिवर्तनको अनुभूति गर्न नपाएको उल्लेख गर्दै उहाँले अहिलेको सरकार गठन भएपछि जनताको पक्षमा काम हुन थालेकाले त्यसलाई जनताको बिचमा लैजान र जनताको गुनासो सरकारसमक्ष पुर्याउन यो अभियान सुरु गरिएको बताउनुभयो ।

सबै नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आग्रह गर्दै उहाँले राजनीतिलाई सेवाको रुपमा लिनुपर्ने बताउनुभयो । राजनीतिलाई व्यक्तिगत लाभमा प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उहाँले अनियमितता र भ्रस्टाचार गर्नेहरू आफ्नै भए पनि नछाड्ने सरकारको प्रतिबद्धता रहेको बताउनुभयो । यो ठाउँमा २०५८ मङ्सिर १३ गते धान दाइरहेका किसानमाथि तत्कालीन सेनाले गोली चलाउदा ११ जनाको ज्यान गएको थियो । सहिदको शालिकमा माल्यार्पण गरी मन्त्री शर्माले अभियान उद्घाटन गर्नुभयो ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?