Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

भारत सरकारले खाना पकाउने ग्यासको मूल्यमा २०० रूपैयाँ कटौती


१२ ,भाद्र ,नयाँ दिल्ली । भारतभरका घरपरिवारलाई राहत दिने उद्देश्यले केन्द्र सरकारले खाना पकाउने ग्यासमा २०० भारतीय रूपैयाँ कटौती गर्ने घोषणा गरेको छ ।

केन्द्रीय मन्त्रिपरिषद्को निर्णयबारे पत्रकारहरूलाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अनुराग सिंह ठाकुरले यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले ओणम र रक्षाबन्धनमा देशका महिलाहरूलाई उपहार दिएको बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको हो । बुधबारबाट लागू हुने गरी १४.२ केजीको ग्यास सिलिण्डरको मूल्य देशभर २०० रुपैयाँले घट्ने भएको छ ।

उदाहरणका लागि दिल्लीमा यो निर्णयले १४.२ केजीको सिलिण्डरको मूल्य प्रतिसिलिण्डर एक हजार १०३ रूपैयाँबाट घटाएर ९०३ रूपैयाँमा झार्नेछ ।

यो कटौती उज्ज्वला परिवारलाई प्रति सिलिण्डर रु २०० को विद्यमान लक्षित अनुदानको अतिरिक्त हो, त्यसैले यो कटौतीपछि उज्ज्वला लाभग्राहीका लागि दिल्लीमा प्रभावकारी मूल्य ७०३ भारु हुनेछ । करिब ९.६ करोड उज्ज्वला लाभग्राहीसहित ३१ करोडभन्दा बढी घरेलु एलपीजी उपभोक्ताहरू छन् ।

अनुराग ठाकुरले भने, “वर्तमान सरकारले महिलाहरूको विकासको लागि धेरै योजनाहरू शुरू गरेको छ, जसमा पक्की घर, शौचालय, अतिरिक्त खाद्यान्न र प्रत्यक्ष लाभ स्थानान्तरण समावेश छ ।”

भारत आफ्नो प्राकृतिक ग्यासको आवश्यकताको ६० प्रतिशत आयातमा निर्भर छ । उज्ज्वलाको बाँकी आवेदनलाई स्वीकृत गर्न र सबै योग्य परिवारहरूलाई डिपोजिट–फ्री ग्यास सहयोग प्रदान गर्न, सरकारले चाँडै गरीब परिवारका ७५ लाख महिलाहरूलाई पीएमयूवाई कनेक्सन वितरण सुरु गर्ने बताएको छ ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?