Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

अनेरास्ववियुको केन्द्रीय सचिवमा ढकालको उम्मेदवारी


काठमाडौ : एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवमा नेतृ रीता ढकालले उम्मेदवारी दिएकी छन् । नेतृत्वमा सहमति नजुटेपछि अघि बढेको निर्वाचन प्रक्रिया अनुसार ढकाल प्रतिस्पर्धामा आएकी हुन् ।

बुधबार पार्टी नेता र अनेरास्ववियुका पूर्वअध्यक्षहरू सम्मिलित अध्यक्षमण्डलले सहमतिको प्रयास गरे पनि सम्भव भएको थिन ।यससँगै आज मतदान हुन लागेको हो ।

अनेरास्ववियुमा एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, १० सचिव, एक कोषाध्यक्षसहित एक सय ९९ जनाको कार्यसमिति रहनेछ । बुधबार नामावली प्रकाशन, दाबी–विरोध र मनोनयन दर्ता भइसकेको छ।

अनेरास्ववियुको अध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । भावी नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव प्रतिस्पर्धामा उत्रिएका छन् । निवर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला र मोती विक, वाङ्छी योञ्जन तथा महासचिव समिक बडालले उम्मेदवारी दर्ता गराएका छन् ।


प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?