Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

अनेरास्ववियुको केन्द्रीय सचिवमा ढकालको उम्मेदवारी


काठमाडौ : एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवमा नेतृ रीता ढकालले उम्मेदवारी दिएकी छन् । नेतृत्वमा सहमति नजुटेपछि अघि बढेको निर्वाचन प्रक्रिया अनुसार ढकाल प्रतिस्पर्धामा आएकी हुन् ।

बुधबार पार्टी नेता र अनेरास्ववियुका पूर्वअध्यक्षहरू सम्मिलित अध्यक्षमण्डलले सहमतिको प्रयास गरे पनि सम्भव भएको थिन ।यससँगै आज मतदान हुन लागेको हो ।

अनेरास्ववियुमा एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, १० सचिव, एक कोषाध्यक्षसहित एक सय ९९ जनाको कार्यसमिति रहनेछ । बुधबार नामावली प्रकाशन, दाबी–विरोध र मनोनयन दर्ता भइसकेको छ।

अनेरास्ववियुको अध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । भावी नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव प्रतिस्पर्धामा उत्रिएका छन् । निवर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला र मोती विक, वाङ्छी योञ्जन तथा महासचिव समिक बडालले उम्मेदवारी दर्ता गराएका छन् ।


प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?