Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

आजदेखि भरतपुर अस्पतालमा टेलिमेडिसिन सेवा सुरु


७ भदाै, चितवन । भरतपुर अस्पतालमा बिहीबारदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) सुरु भएको छ। अस्पतालमा दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको ०५६-५९७००३ मा फोन गरेर ‘रिङटोन’ आएपछि २२२ मा डायल गरेर सेवा लिन सकिनेछ।

यो सेवाअन्तर्गत रोग र उपचारसम्बन्धी जानकारीका लागि स्वास्थ्यकर्मी र चिकित्सकसँग परामर्श लिन सकिने उनले बताए।

अर्काे महिनादेखि भिडियोबाट समेत सेवा दिने योजना अस्पतालले बनाएको उनले जानकारी दिए।

यो सेवाअन्तर्गत रोग, उपचार र अस्पतालबाट प्रदान गरिने सेवासम्बन्धी परामर्श लिन सकिने उनको भनाइ छ।

सामान्य समस्या लिएर अस्पतालसम्म बिरामी आउन नपरोस् भन्नका लागि सेवा सुरु गरिएको पौडेलले बताए। यसको प्रभावकारितालाई हेरेर सेवा विस्तार गरिनेछ।

अस्पतालले फोनबाटै औषधिसम्बन्धी जानकारीसमेत दिन सुरु गरेको छ। पौडेलका अनुसार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म यो सेवा दिन सुरु गरिएको छ।

उनले औषधिसम्बन्धी साधारण परामर्शका लागि ९८०९१८१३०० वा ०५६–५९७००३ मा फोन गरी १६६ मा डायल गर्न सकिने जानकारी दिए।

बिरामीले औषधिसम्बन्धी जिज्ञासा वा जानकारी फोनबाट लिन पाउने भएपछि सानातिना समस्याका लागि अस्पताल धाउन नपर्ने उनले बताए।

अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीका अनुसार घरमा वृद्धवृद्धा मात्रै भएका ठाउँमा औषधि सेवनमा समस्या आउने गरेको छ।

ज्येष्ठ नागरिकहरुले एकैजनाले धेरैथरी औषधि खानुपर्ने र छुट्याउन नसक्दा कतिपय थप समस्या लिएरसमेत अस्पताल आउने गरेको उनले बताए।

यो सेवाबाट पूरै समाधान नभए पनि केही हदसम्म सहयोग पुग्ने उनको भनाइ छ।

वरिष्ठ फिजिसियन महेन्द्र अग्रहरीले छोराछोरी विदेशमा रहेर वृद्ध बाबुआमा मात्रै यहाँ भएकामा औषधिको धेरै समस्या आउने गरेको बताए। तोकिएको मात्राअनुसार औषधि नखाँदा समस्या हुने गरेको उनको भनाइ छ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?