Trending
>>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै >>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

उपप्रधानमन्त्री लिङ्देन– राजदूत भोल्क शिष्टाचार भेट


उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार–विमर्श भएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा उपप्रधानमन्त्री लिङ्देनले नेपाल र अष्ट्रेलियाबीच छ दशक लामो कूटनीतिकसम्बन्ध रहेको चर्चा गर्दे कृषि, जलस्रोत, शिक्षालगायतका क्षेत्रमा सहयोग गरी नेपाली जनताको जीवनस्तर सुधारमा पु¥याएको योगदानका लागि अष्ट्रेलियन सरकारलाई धन्यवाद दिनुभयो ।

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अस्ष्ट्रेलियाको ‘कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन’बीच सन् २०१७ मा समझादारी भएको स्मरण गर्दै उहाँले कमला नदीको पानीलाई व्यवस्थित रुपले प्रयोग गर्ने र चुरे दोहन रोक्ने लगायतका कार्यमा कमला नदी ‘स्टेट अफ दी बेसिन प्लान’ कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो । फरक प्रसङ्गमा उपप्रधानमन्त्री लिङ्देनले पचास हजारभन्दा बढी विद्यार्थी अष्ट्रेलियामा अध्यनरत रहेको चर्चा गर्दै उनीहरुले लैजाने सामानको क्वारेन्टाइन गर्नेलगायतका समस्या समाधानका पक्षमा सकारात्मक भूमिका निर्वाह गर्न राजदूत भोल्कसँग आग्रह गर्नुभएको थियो । नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूत भोल्कबाट निर्वाह भएको भूमिकाको प्रशंसा गर्दै उहाँले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

भेटवार्ताका क्रममा अष्ट्रेलियन राजदूत भोल्कले जलस्रोत व्यवस्थापनमा कमला नदी ‘स्टेट अफ दी बेसिन प्लान’ नमूनायोग्य कार्य हुने उल्लेख गर्दै जल तथा ऊर्जा क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीच भएको सम्झौता अविष्मरणीय रहेको बताउनुभयो । अष्ट्रेलियन राजदूत भोल्कले नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीयसम्बन्ध आगामी दिनमा अझ सुदृढ र घनिष्ट हुने विश्वास व्यक्त गर्नुभएको उपप्रधानमन्त्री लिङ्देनका प्रेस संयोजक रञ्जित प्रसाईंद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?