Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्छ : प्रकाशमान सिंह


३० श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (क)ले आज यहाँ आयोजना गरेको ‘प्रदेश सम्मेलन’मा नेता सिंहले कांग्रेसल बलियो बनाउनका लागि जनतामाझ पुग्नुपर्ने बताएका हुन् ।

“पार्टीका नेता, कार्यकर्ता जनताको घरदैलोमा पुगेर उहाँहरुको समस्या समाधानमा लागेमात्र पार्टीप्रति जनताको विश्वास र भरोसा हुन्छ”, उनले भने ।

नेता सिंहले पार्टीभित्र चुनौती बढेको भन्दै पार्टीका सबै तह र संरचनालाई विधि, पद्धति र नियमबाट अगाडि बढाउनुपर्ने उल्लेख गरे । कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर परिणाम धेरै  आउने गरी काम गर्न उनले सुझाव दिए । “पार्टीभित्र काम नगर्ने तर पैसाको चलखेल गर्ने व्यक्तिलाई पाखा लगाउनुपर्छ, पार्टीभित्रबाटै उक्त अभियान चलाउनुपर्छ,” उनले भने ।

पूर्वउपप्रधानमन्त्री सिंहले भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बन्ने धारणा राखे । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैलाई खबरदारी गर्दै समस्याको समाधान गर्नेतिर लाग्नुपर्ने उनको भनाइ थियो । उनले केन्द्रबाट सर्कुलर भएका कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङदम्बेले पार्टीको केन्द्रीय समितिले गरेको निर्देशनलाई पालना गरेमात्र पार्टी थप बलियो र मजबुद हुने भनाइ व्यक्त गरे । उनले कांग्रेसले गरेका राम्रा कामलाई जनतामाझ लैजान सकेमात्र आगामी निर्वाचनमा बलियो हुने बताए ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?