Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

गोरखापत्रमा कार्यरत १२ पत्रकारलाई बर्खास्त गरे कडा कदम चाल्ने प्रेस युनियनको चेतावनी


२९ श्रावण, काठमाडाैँ । नेपाल प्रेस युनियन केन्द्रीय कार्य समितिले गोरखापत्र संस्थानमा कार्यरत करार सेवाका १२ जना पत्रकारलाई हटाउने निर्देशनप्रति आपत्ति जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत हप्ता गैरकानुनी रूपमा नियक्त गरिएको भन्दै ती पत्रकारलाई हटाउन निर्देशन दिएको थियो । तर, युनियनले संस्थानमा १५० जना भन्दा बढी पत्रकार तथा कर्मचारी करार सेवामा कार्यरत रहेपनि १२ जनालाई मात्र हटाउने भन्नु राजनैतिक प्रतिशोध भएको समेत टिप्पणी गरेको छ ।

‘श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समस्या समाधानको लागि पहल गर्नुपर्नेमा नियामक निकायलाई देखाएर जिम्मेवारीबाट पन्छन खोज्नुको नियत शंकास्पद छ ।’ युनियनले विज्ञप्तीमार्फत भनेको छ ।

२०७८ कार्तिक ३० गते नियुक्त भएका अनलाइन, बजार व्यवस्थापन तथा पत्रिकाका कर्मचारीहरूको नियुक्ति अवैधानिक भएको मन्त्रालयले ठहर गरेको छ ।

तर, युनियनले भने उनीहरूलाई हटाए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस् ।

गोरखापत्रमा कार्यरत १२ पत्रकारको नियुक्ति खारेज गर्न निर्देशन

 


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?