Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

गोरखापत्रमा कार्यरत १२ पत्रकारलाई बर्खास्त गरे कडा कदम चाल्ने प्रेस युनियनको चेतावनी


२९ श्रावण, काठमाडाैँ । नेपाल प्रेस युनियन केन्द्रीय कार्य समितिले गोरखापत्र संस्थानमा कार्यरत करार सेवाका १२ जना पत्रकारलाई हटाउने निर्देशनप्रति आपत्ति जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत हप्ता गैरकानुनी रूपमा नियक्त गरिएको भन्दै ती पत्रकारलाई हटाउन निर्देशन दिएको थियो । तर, युनियनले संस्थानमा १५० जना भन्दा बढी पत्रकार तथा कर्मचारी करार सेवामा कार्यरत रहेपनि १२ जनालाई मात्र हटाउने भन्नु राजनैतिक प्रतिशोध भएको समेत टिप्पणी गरेको छ ।

‘श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समस्या समाधानको लागि पहल गर्नुपर्नेमा नियामक निकायलाई देखाएर जिम्मेवारीबाट पन्छन खोज्नुको नियत शंकास्पद छ ।’ युनियनले विज्ञप्तीमार्फत भनेको छ ।

२०७८ कार्तिक ३० गते नियुक्त भएका अनलाइन, बजार व्यवस्थापन तथा पत्रिकाका कर्मचारीहरूको नियुक्ति अवैधानिक भएको मन्त्रालयले ठहर गरेको छ ।

तर, युनियनले भने उनीहरूलाई हटाए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस् ।

गोरखापत्रमा कार्यरत १२ पत्रकारको नियुक्ति खारेज गर्न निर्देशन

 


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?