Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गोरखापत्रमा कार्यरत १२ पत्रकारको नियुक्ति खारेज गर्न निर्देशन


१० साउन, काठमाडौं: गोरखापत्र संस्थानमा करारमा नियुक्त गरिएका १२ जनाको नियुक्ति खारेज गर्न राष्ट्रिय सतर्कता केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले नियमविपरीत १२ जना पत्रकारलाई नियुक्ति दिएको केन्द्रको ठहर छ।

केन्द्रले दिएको निर्देशानअनुसारको पत्रमा दिनेश लुइँटेल, विनोद नेउपाने,सूर्यप्रसाद पाण्डे, अशोक अधिकारी, मित्रलाल भण्डारी, लोक बहादुर कटुवाल, श्रीजना खत्री, गोविन्द रेग्मी, सनम महर्जन, रविराज बराल, युवराज खतिवडा र ध्रुवकुमार सिंह रहेका छन्।

साउन ४ गते केन्द्रले काटेको पत्रमा गोरखापत्र कर्मचारी सेवा ऐन २०५२ को विनियम ४१ बमोजिम नदिखिएको जनाइएको हो। १२ जना पत्रकारविरुद्ध २०७८ कार्तिक ३० गते केन्द्रमा उजुरी परेको थियो।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?