२७ श्रावण, काठमाडाैँ । सुन तस्करी प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका २ चिनियाँ नागरिक रिहा भएका छन् ।
शुक्रबार बिहान चीन जान लाग्दै गर्दा हिमालयन एयरको जहाजबाट ली जियालिङ र लिउ फुयान पक्राउ परेका थिए । उनीहरू शुक्रबार नै रिहा भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार सुन प्रकरणमा उनीहरूको संलग्नता नदेखिएकाले रिहा गरिएको हो ।
प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार