Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

कविता- सुर्यमुखि


-सुजाता बस्याल

अर्को जन्ममा
के बन्ने सोध्यो भने कसैले
मेरो जवाफ
सुर्यमुखि हुनेछ,

जमिनमा
मन अड्याएर
घामलाइ हेरिरहँदा
पुगौँ र चुमौँ नलाग्दो हो त?
आकाशको पाखुरामा
तैपनि
बाँचिरहेछ उ
आफु बन्न खोज्नेहरुको काँधमा
मुस्कान अड्याएर
जसका
कानहरु सुन्छन्
खुशीको संगित

उसैगरि
बस्दि हुँ
लैजानेहरुको हातमा टपक्क
जसपछि
फालेमा पनि कतै
फेरि
फल्न र फुल्न
सहयोगको योग जुराउनु पर्दैन ~

शौर्यको विर्य नदेखाइ
हाँस्दछ सुर्यमुखि
हरेक होशहरुको नाउँमा
सँगसँगै
घामसँग जुधेका आँखामा डुबेर
र्‍याल निकाल्ने झ्यालको भुलबाट
खस्दो हो
ईष्र्याको आँशु,

फुलिरहेपछि एकैसाथ
रुचाउनेहरुको रचना
रोचक बन्छ
मेरो पनि एउटा
शिर्षक बन्छ ~~
आवरण
आकर्षक बन्छ ~~


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?