Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

कविता- सुर्यमुखि


-सुजाता बस्याल

अर्को जन्ममा
के बन्ने सोध्यो भने कसैले
मेरो जवाफ
सुर्यमुखि हुनेछ,

जमिनमा
मन अड्याएर
घामलाइ हेरिरहँदा
पुगौँ र चुमौँ नलाग्दो हो त?
आकाशको पाखुरामा
तैपनि
बाँचिरहेछ उ
आफु बन्न खोज्नेहरुको काँधमा
मुस्कान अड्याएर
जसका
कानहरु सुन्छन्
खुशीको संगित

उसैगरि
बस्दि हुँ
लैजानेहरुको हातमा टपक्क
जसपछि
फालेमा पनि कतै
फेरि
फल्न र फुल्न
सहयोगको योग जुराउनु पर्दैन ~

शौर्यको विर्य नदेखाइ
हाँस्दछ सुर्यमुखि
हरेक होशहरुको नाउँमा
सँगसँगै
घामसँग जुधेका आँखामा डुबेर
र्‍याल निकाल्ने झ्यालको भुलबाट
खस्दो हो
ईष्र्याको आँशु,

फुलिरहेपछि एकैसाथ
रुचाउनेहरुको रचना
रोचक बन्छ
मेरो पनि एउटा
शिर्षक बन्छ ~~
आवरण
आकर्षक बन्छ ~~


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?