Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नेविसंघको १२औं अधिवेशन : रसुवा बन्यो देशभरकै पहिलो जिल्ला अधिवेशन गर्ने जिल्ला


रसुवा: नेपाल विद्यार्थी संघ रसुवाको १२औं अधिवेशन सम्पन्न भएको छ । सर्वसम्मत रुपमा सम्पन्न भएको अधिवेशनले देशभरका ईकाइहरुलाई प्रेरणा पुगेको छ । नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले तीन महिनाको समय सिमा दिदै ३५ वटा जिल्लालाई अधिवेशन गर्न निर्देश दिएका थिए । रसुवामा अधिवेशन गराउने जिम्मा पाएका सालिग्राम सन्तोस अधिकारीले डेढ महिना भित्रै अधिवेशन गराएर रसुवालाई देशभरकै पहिलो अधिवेशन गराउने जिल्लाको घोषणा गरेका छन् ।

विगत लामो समय देखि हुन नसकेको जिल्ला अधिवेशन प्रमुख अतिथि माननीय ई मोहन आचार्य , विशिष्ट अतिथि नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा र नेपाल विद्यार्थी संघका केन्द्रीय प्रतिनिधि सरोज तिमल्सिनाको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको हो ।

सालिकराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा नवनिर्वाचित अध्यक्ष कपिल पौडेल तथा अन्य पदाधिकारीहरु सर्वसम्मत चयन भएको नेपाल विद्यार्थी संघ का नेता सुशान्त सिटौलाले जानकारी दिए।

अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिती तथा प्रदेश प्रतिनिधिमा अध्यक्षमा कपिल पौडेल, उप–अध्यक्षहरुमा, बुद्ध श्रेष्ठ, हस्तबहादुर तामाङ, प्रेम लोप्चन तामाङ, सुशील घिमिरे र अर्जुन घले रहेका छन् । त्यस्तैगरी सचीवमा डि.बि तामाङ र सहसचिवहरुमा नेमराज तामाङ, सबिन तामाङ, सुन्दर अधिकारी, राकेश देबकोटा, प्रगति तामाङ र मनिषा लामा चयन भएका छन् । कोषअध्यक्षमा सोजित तामाङ र सह–कोषअध्यक्षमा बालकृष्ण गुरुङ चयन भएका छन् ।


प्रकाशित मिति: २९ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?