Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

नेविसंघको १२औं अधिवेशन : रसुवा बन्यो देशभरकै पहिलो जिल्ला अधिवेशन गर्ने जिल्ला


रसुवा: नेपाल विद्यार्थी संघ रसुवाको १२औं अधिवेशन सम्पन्न भएको छ । सर्वसम्मत रुपमा सम्पन्न भएको अधिवेशनले देशभरका ईकाइहरुलाई प्रेरणा पुगेको छ । नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले तीन महिनाको समय सिमा दिदै ३५ वटा जिल्लालाई अधिवेशन गर्न निर्देश दिएका थिए । रसुवामा अधिवेशन गराउने जिम्मा पाएका सालिग्राम सन्तोस अधिकारीले डेढ महिना भित्रै अधिवेशन गराएर रसुवालाई देशभरकै पहिलो अधिवेशन गराउने जिल्लाको घोषणा गरेका छन् ।

विगत लामो समय देखि हुन नसकेको जिल्ला अधिवेशन प्रमुख अतिथि माननीय ई मोहन आचार्य , विशिष्ट अतिथि नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा र नेपाल विद्यार्थी संघका केन्द्रीय प्रतिनिधि सरोज तिमल्सिनाको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको हो ।

सालिकराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा नवनिर्वाचित अध्यक्ष कपिल पौडेल तथा अन्य पदाधिकारीहरु सर्वसम्मत चयन भएको नेपाल विद्यार्थी संघ का नेता सुशान्त सिटौलाले जानकारी दिए।

अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिती तथा प्रदेश प्रतिनिधिमा अध्यक्षमा कपिल पौडेल, उप–अध्यक्षहरुमा, बुद्ध श्रेष्ठ, हस्तबहादुर तामाङ, प्रेम लोप्चन तामाङ, सुशील घिमिरे र अर्जुन घले रहेका छन् । त्यस्तैगरी सचीवमा डि.बि तामाङ र सहसचिवहरुमा नेमराज तामाङ, सबिन तामाङ, सुन्दर अधिकारी, राकेश देबकोटा, प्रगति तामाङ र मनिषा लामा चयन भएका छन् । कोषअध्यक्षमा सोजित तामाङ र सह–कोषअध्यक्षमा बालकृष्ण गुरुङ चयन भएका छन् ।


प्रकाशित मिति: २९ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?