२३ साउन ,काठमाडौं। नेपाली काङ्ग्रेसले लामो समयपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरुको मनोनयन नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले श्री दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ७१० जनालाई मनोनयन गर्नु भएको छ ।
नेपाली काङ्ग्रेसको जग भनेर चिनिने प्रमुख भातृसंगठन नेपाल विद्यार्थी संघ ( नेबिसंघ) ले ३२ वर्ष मुनिको ७११ सदस्यीय केन्द्रीय तदर्थ समितिमा सबैभन्दा कान्छो २२ वर्षको उमेरमा आशिष देवकोटा चयन भएका छन्। देवकोटा को जन्म कर्णाली प्रदेशको मुगु जिल्ला सोरु-१०, धैन मा २०५७ साल कार्तिक ८ गते भएको हो।देवकोटा सानैदेखि राजनिति गर्न रुचाउँथे।देवकोटाको राजनीति हेर्दा १७ वर्षमा नेबिसंघ लुम्विनी प्रदेश CTEVT नेबिसंघ सह-सचिव, १८ वर्षमा नेपाली काङ्ग्रेस मुगु जिल्ला युवा तथा खेलकुद बिभाग र नेपाली काङ्ग्रेस प्रचार प्रसार विभाग को जिल्ला सदस्य भएका थिए। त्यसैगरी २०७९ बैशाखमा सम्पन्न स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेस प्रचार प्रसार केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो।
देवकोटा नेबिसंघ रामपुर क्याम्पस, चितवनको २० वर्षमा इकाई सचिव २१ वर्षमा इकाई सभापति भएका थिए।साथै केही समय अघि चैत्र १७ गते रामपुर क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेबिसंघबाट सभापतिको उम्मेदवार देवकोटा हुदाँ नेपाली काङ्ग्रेसका अनुसार नेकपा एमाले र माओवादी निकट संघठन क्रमशः अनेरास्ववियु र क्रान्तिकारी मिलि एउटै संघठन बनाई क्याम्पस प्रमुख र निर्वाचन अधिकृतले आफुखुसि समिति बनाउन धाँधली,बुथ कब्जा गरी देवकोटा लाई क्याम्पस हाताभित्र हतकडि लगाई निर्मम तरिकाले कुटपीट गरी अचेत बनाइएको थियो। लगत्ै उनलाई चितवन मेडिकल कलेज लगिएको थियो।
उनले १४ दिन सम्म चितवन मेडिकल कलेजमा भर्ना भएर उपचार गरेका थिए। यस घटनाको चारैतिरबाट पार्टी भित्र, संसद भित्र र बाहिर बिरोध भएको थियो। अझै पनि तेहा स्ववियु विवाधित छ। यसको उचित मुल्यांकन गर्दै देवकोटा नेपाली काङ्ग्रेसले सानै उमेरमा केन्द्रीय कार्यसमितिमा नियुक्त गरिएको छ। नियुक्ति भएपछि देवकोटाले सक्रियताको आधार र पार्टीलाई दिएको योगदानको कदर गर्दै आफूलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको हुन सक्ने नयाँ पत्रिका लाई बताए । मनोनयन पछि पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने उनले बताए ।
प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार