Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

प्रतिनिधिसभा बैठक अवरोधप्रति रास्वपाको असन्तुष्टि


२२ ,श्रावण ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले पटकपटक संसद् अवरोध भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पछिल्लो समय प्रतिनिधिसभाको बैठक अवरोध हुँदा जनताका मुद्दाप्रति शीर्षनेताहरु जिम्मेवार नदेखिएको उनिहरुको आरोप छ ।

आज पनि बैठक बस्न नसकेपछि रास्वपाका सांसदहरुले संसद् दलीय भागबन्डाको बन्धक भएको आरोपसमेत लगाए । पार्टी सभापति एवं रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले सदन गतिरोधप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन् ।

“कैयौँ कानुन बनाउनुपर्नेछ, कैयौँ कानुनमा संशोधन गर्नुपर्नेछ । जनसरोकारका कैयौँ मुद्दामा छलफल र निर्णय गर्नुछ । तर संसद् चल्दैन, बार्गेनिङ चल्छ”, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् । रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले मुख्य तीन दलका कारण संसद् अवरुद्ध हुँदै आएको भन्दै आपत्ति जनाए ।

“संसद्मा महत्त्वपूर्ण विधेयकमाथिको छलफल हुन सकेको छैन, जनताको मुद्दामाथि बहस भइरहेको छैन”, उनले भने, “सत्तापक्ष र प्रतिपक्षका नाममा तीन पार्टीले सदनलाई बन्धक बनाउने कामको रास्वपाले विरोध गर्छ ।”

रास्वपाका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले जनताको मुद्दामा सत्तापक्ष र प्रतिपक्ष गैरजिम्मेवार भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । “संसद् अवरुद्ध गरेर प्रतिपक्ष र सत्तापक्ष आफैँ मिल्ने भेट्ने गरिरहेका छन्, सामाजिक सञ्जालमा फोटो आउँछन्”, उनले भने, “सदन सञ्चालनको खर्च, सांसदको समय र जनताको मुद्दामा उहरु जिम्मेवार हुनुभएन ।”

आज बैठक बस्न नसकेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेका लागि तय भएको छ । सङ्घीय संसद्को महासचिव डा भरतराज गौतमले बैठक विशेष कारणले उक्त समयमा बस्न नसकेको बताए । सुन तस्करी प्रकरणको विषयमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउने मागमा अडान लिएको प्रतिपक्ष नेकपा (एमाले) सदन अवरोध गर्दै आएको छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?