Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

सहमतिको विकल्प छैन : सभामुख घिमिरे


२२ ,श्रावण ,काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रतिपक्षबीच सहमतिको विकल्प नभएको बताएका छन् ।

सदन सञ्चालन र संसदीय समितिका सभापतिहरुको चयन लगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेतासँगको आजको दोस्रो बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले आफूले अधिकतमरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको उल्लेख गरे ।

“आज संसद् बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गर्नुभयो तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन । भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ,” सभामुख घिमिरेले भने, “आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ । सहमतिको विकल्प छैन । संसद् अवरोध हुँदा जनताका आवाज रोकिएका छन् ।”

उनले सांसदहरुले प्राकृतिक विपद् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन नपाएकाले दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा आफू उभिँदै आएको जनाउँदै मङ्गलबार पनि सहमति नभएमा सदनको नियमित कारबाहीमा जाने स्पष्ट गरे ।

सुन तस्करीका विषयमा छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सदनमा अवरोध गर्दै आएको छ ।

सभामुख घिमिरेले आज दुई पटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतासँग बैठक गरे पनि ठोस सहमति जुट्न नसकेपछि सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगन भएको छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?