Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

राष्ट्रपति निर्वाचनपछि याे सरकार कायम रहनेमा आशंका छ:  नेता सिंह


काठमाडौ : कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि याे सरकार कायम रहनेमा आशंका व्यक्त गरेका छन्। शनिबार प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ताे बताएका हुन्।

राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाले प्रचण्डलाई विश्वासको मत दिइएको उनको आसय थियो।
उनले भने,‘ दलहरुले धरातलीय अर्थाथलाई चाँडो विर्सिए। संविधानको अक्षरस पालना गर्नुका साथै सबै तहका सरकारलाई अधिकार दिनुपर्छ।

सबैले मिलेर राष्ट्रनिर्माण गर्नुपर्छ,त्यो क्षमता कांग्रेससँग पनि छ। नेपाली कांग्रेस सत्तामा जानै पर्छ भन्ने छैन। आएको जिम्मेवारी हामी बहन गर्छोँ।’बहुदलीय व्यवस्था रहेको नेपालको शासन प्रणालीमा अरु राजनीतिक दलले सत्ता संचालन गर्दा संघीयता कार्यान्वयनमा चासो कम दिने र नेपाली कांग्रेसले उठाउदै आएको मुद्दालाई कमजोर पार्ने खेल मात्रै भएको सिंहले टिप्पणी गरे।

जनताको अभिमतबाट बनाईएको संविधान बचाउन र अक्षरश कार्यान्वयन गर्न निर्वाचनमा पनि गठबन्धन गरेर गएको स्मरण गराउँदै लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि निरन्तर लागि रहने बताए।

मुलुकमा राजनीतिक स्थायित्वका लागि हिजोका दिनमा जसरी सबै दल एक ठाउँमा उभिएर अघि बढेको जस्तै अब देश विकासका लागि,नागरिकको जनवीविका उकास्नका लागि दलहरु केन्द्रित हुन आग्रह गरे।

यसैबीच, वर्तमान मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा धारणा राख्दै अहिलेको गठबन्धन दिगो रुपमा जान नसक्ने तर्क गरे।

सुदूरपश्चिम प्रदेश सरकार ढले जस्तै अरु ठाउँमा पनि स्थिति असहज बन्दै गएको हुँदा देशको नेतृत्व पुरानै गठबन्धनको हातमा आउन सक्ने सम्भावना बढ्दै गएको दावी गरे ।


प्रकाशित मिति: २८ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?