Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

कम्बोडियाली नेता हुन सेनका छोरा नयाँ प्रधानमन्त्री नियुक्त


२२ श्रावण, काठमाडाैँ । करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुनसेनबाट सत्ता हस्तान्तरणको घोषणासँगै उनका छोरा हुन मानेटलाई सोमबार राजा नोरोदोम सिहामोनीले कम्बोडियाको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

गत जुलाईमा भएको चुनावमा ‘शानदार जित’ हासिल गरेको केही दिनपछि विश्वका सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेता हुन सेनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफ्ना जेठा छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका हुन् ।

सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले १२५ सदस्यीय तल्लो सदनमा पाँच सिटबाहेक सबै सिट जितेपछि मुख्य विपक्षी प्रतिद्वन्द्वी क्यान्डल लाइट पार्टीलाई प्राविधिक रुपमा प्रतिस्पर्धा गर्नबाट व्यापक रूपमा रोकेपछि यो निर्वाचनलाई ढोंगको रूपमा आलोचना गरिएको थियो ।

संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनले गत महिना भएको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष नभएको भन्दै नतिजाप्रति विमति जनाएका छन् ।

सोमबार, हुन सेनको अनुरोधपछि राजा नोरोडोम सिहामोनीले एक शाही आदेश जारी गर्दै ‘संसदको सातौं म्यान्डेटका लागि कम्बोडिया अधिराज्यको प्रधानमन्त्रीको रूपमा डा हुन मानेटलाई नियुक्त गरेको’ उल्लेख गरेका छन् ।

यद्यपि औपचारिक रूपमा देशको अर्को नेता बन्नका लागि ४५ वर्षीय हुन मानेट र उनको क्याबिनेटले अगस्ट २२ का लागि तय गरिएको संसद्मा विश्वासको मत प्राप्त गर्नैपर्छ ।

आगामी सरकारले युवा मन्त्रीहरूको एउटा समूहलाई ल्याउनेछ । हुन सेनले आफ्नो छोराको शासनमा हस्तक्षेप नगर्ने तर देशको राजनीतिमा आफ्नो प्रभाबलाई नत्याग्ने बताएका थिए ।

सन् १९८५ मा सत्तामा आएपछि हुन सेनले गृहयुद्ध र नरसंहारबाट तहसनहस भएको देशलाई आधुनिकीकरण गर्न मद्दत गरेका थिए । यद्यपिे उनको शासनमा वातावरणीय विनाश, व्याप्त भ्रष्टाचार र लगभग सबै राजनीतिक प्रतिद्वन्द्वीहरूको उन्मूलन पनि भएको आलोचकहरूले बताउने गरेका छन् ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?