Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

माओवादीका नेताहरुलाई नयाँ जिम्मेवारी, क-कसले के पाए जिम्मेवारी ?


२१ श्रावण, काठमाडाैँ । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताको जिम्मेवारी तोकिएको र फेरबदल गरिएको सम्बन्धी प्रस्ताव पेस गर्नुभएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । सो बमोजिम पार्टीका उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेश इञ्चार्ज बनाएको छ । गैरभौगोलिक प्रदेशका रुपमा चिनिने विशेष प्रदेश समितिका रुपमा कार्यरत सो प्रदेशलाई थप प्रभावकारी बनाउन नेता पुनलाई उक्त जिम्मेवारी दिइएको हो ।

यस्तै उपमहासचिव जनार्दन शर्मालाई वागमती प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । सचिव लीलामणि पोखरेललाई मधेश प्रदेश इञ्चार्ज र सचिव देवेन्द्र पौडेल गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । यसैगरी चक्रपाणि खनाललाई कोशी प्रदेश इञ्चार्ज, हितमान शाक्यलाई लुम्बिनी प्रदेश इञ्चार्ज, मात्रिका यादवलाई कर्णाली प्रदेश इञ्चार्ज र डिलाराम आचार्यलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । नेता गिरिराजमणि पोखरेललाई उपत्यका सम्पर्क समन्वय प्रदेश इञ्चार्जको जिम्मेवारी दिइदा नेता राम कार्कीलाई प्रवास प्रदेशको इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यस्तै समाजवादी मोर्चा र पार्टी एकता संयोजनको जिम्मेवारी उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ । जनसङ्गठन समन्वयको जिम्मा उपाध्यक्ष पम्फा भुसालले पाउँदा प्रचार विभागको इञ्चार्जको जिम्मेवारी अग्निप्रसाद सापकोटालाई दिइएको छ । विज्ञान–प्रविधि विभागको इञ्चार्जको जिम्मेवारीमा गणेश साह छन् भने बुद्धिजीवी, प्राध्यापक, मानवअधिकार, शिक्षक, तथा कानुन व्यवसायी सङ्गठनको समन्वयको जिम्मेवारी दिननाथ शर्माले पाएका छँ ।

यसैगरी जनवर्गीय सङ्गठनका सबै फ्याक्र्सन इञ्चार्ज पनि परिवर्तन गरिएको छ । त्यस्तै पार्टीको स्थायी समिति र केन्द्रीय सदस्यहरुको समेत जिम्मेवारी तोकिएको बताइएको छ ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?