Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

पर्यटनमन्त्री किरातीको ‘इ–हुलाक सेवा’


२१ श्रावण, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना सुभेच्छुकहरुको सल्लाह सुझाव र जनगुनासो सम्बोधन गर्न ‘इ–हुलाक सेवा’ पुनः सञ्चालनमा ल्याएका छन् ।

जनतासँगको सम्बन्ध र मन्त्रालयसँग जोडिएका सबै सरोकारका विषय सम्बोधनका लागि रायसुझावसमेत पेस गर्न उक्त सेवा सञ्चालन गरिएको उनले बताए । पर्यटनमन्त्रीको सुभेच्छुकबाट सल्लाह, सुझाव र प्रश्नहरु लिन तथा त्यसको जवाफ दिन इ–हुलाकका फेसबुक पेज सञ्चालनमा रहेको छ । उक्त सेवाबाट मन्त्री किरातीले आज सन्देश पठाएको उनको निजी सचिवालयले जनाएको छ ।

“नयाँ जिम्मेवारी र चुनौतीमाथि उभिएर फेरि तपाईंहरुलाई पत्र लेख्ने साहस गर्दैछु । तपाईं र मबीच सम्बन्ध जोड्न स्थायी पुलका रुपमा ‘इ–हुलाक सेवा’ सुरु गरिए पनि व्यस्तताका कारण केही समयदेखि सेवा बन्द थियो । त्यसका निम्ति क्षमाप्रार्थी छु साथै आजका मितिदेखि हामीबीचको सम्बन्धलाई ताजा राख्न पुनः यो सेवा सञ्चालनमा ल्याइएको छ, आशा छ, तपाईंहरुको सन्देश सधैँ आइरहनेछ”, पत्रमा भनिएको छ ।

मन्त्री किरातीले हालसम्मका प्राप्त सन्देशले ध्यानाकर्षण गराएको र यस्तै सिर्जनात्मक सल्लाह, सुझाव र खबरदारी नै आफ्नो सबैभन्दा बलियो ऊर्जा र हौसलाको स्रोत बनिरहेको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?