Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल ओलम्पिक प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा


नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल ओलम्पिक रेफ्री छनोट तथा बन्द प्रशिक्षणमा भाग लिन उज्वेकिस्तानको ताश्केन्टतर्फ प्रस्थान गर्नुभएको छ । आगामी सन् २०२४ मा फ्रान्सको पेरिसमा हुनेमा ५०औँ विश्व तेक्वान्दो प्रतियोगिताको रेफ्री छनोट र बन्द प्रशिक्षणमा भाग लिन आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । निर्णायक छनोट र बन्द प्रशिक्षण यही माघ २९ देखि फागुन २ गतेसम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय रेफ्री ढकालको ग्योरोगी विधातर्फ दोस्रो श्रेणीमा हालै पदोन्नति भएको थियो ।

वल्र्ड तेक्वान्दो (डब्लुटी) रेफ्री कमिटीले ढकाललाई केही दिनअघि पदोन्नतिको प्रमाणपत्र पठाएको थियो । तेस्रो श्रेणीबाट दोस्रोमा पदोन्नति हुन चार वर्षको थियो । त्रिभुवन आर्मीमा आबद्ध उहाँले विसं २०७१ देखि विभिन्न तेक्वान्दो प्रतियोगितामा निर्णायकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । काभ्रेको कुशादेवीस्थित लालीगुराँस तेक्वान्दो डोजाङबाट तेक्वान्दो खेल्न थालेका ढकाल चौथो डान हुनुहुन्छ । नेपाली सेनाबाट डब्लुटिए तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायक बन्ने उहाँ पहिलो हुनुहुन्छ । अहिले ढकाल भक्तपुरस्थित सैनिक स्कुलमा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्छ । चीनको वुहानमा विसं २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्म्स)मा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायक मण्डलमा हुनुहुन्थ्यो । ढकाल ‘रोयल स्पेनिस इन्टरनेसनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णायकमा समेत घोषित हुनुभएको थियो ।

विश्वका ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णयक सहभागी थिए । यसअघि नेपालमा सम्पन्न साउथ एसियन प्रतियोगिता, माउन्ट एभरेस्ट प्रतियोगितालगायत चीन, पाकिस्तान, बेल्जियम, फ्रान्स, जर्मनी भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक भइसक्नुभएको छ । नेपाल तेक्वान्दो सङ्घले निर्णायक ढकालको सम्मानमा बिहीबार बिदाइ कार्यक्रम गरेको थियो ।


प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?