Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

विरोधिहरू मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि लागे : रवि लामिछाने


२१ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोधिहरू अहिले मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि लागेको भन्दै आपत्ति जनाएका छन् ।

उनले चितवनमा निर्वाचित भएको १०० दिनमा सुरू गरेको महिलाहरूका लागि निः शुल्क ‘ब्लु बस’ र ‘मोबाइल क्लिनिक’ विवादमा तानिएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अहिले मानिसहरू गाडी पुरानो भयो भन्दै पछि लागेको र केही दिनपछि टायर पुरानो भयो भनेर लेख्न तयार हुने बताएका छन् ।

उनले यसबारे फेसबुकमा लेखेका छन्, ‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंकर …हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौ।’

रास्वपाले चलाएको मोबाइल नीलो एम्बुलेन्सको आलोचना भएपछि उक्त एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई फिर्ता गरेको छ ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?