Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

विरोधिहरू मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि लागे : रवि लामिछाने


२१ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोधिहरू अहिले मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि लागेको भन्दै आपत्ति जनाएका छन् ।

उनले चितवनमा निर्वाचित भएको १०० दिनमा सुरू गरेको महिलाहरूका लागि निः शुल्क ‘ब्लु बस’ र ‘मोबाइल क्लिनिक’ विवादमा तानिएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अहिले मानिसहरू गाडी पुरानो भयो भन्दै पछि लागेको र केही दिनपछि टायर पुरानो भयो भनेर लेख्न तयार हुने बताएका छन् ।

उनले यसबारे फेसबुकमा लेखेका छन्, ‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंकर …हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौ।’

रास्वपाले चलाएको मोबाइल नीलो एम्बुलेन्सको आलोचना भएपछि उक्त एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई फिर्ता गरेको छ ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?