Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू


२१ श्रावण, काठमाडाैँ। नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा जारी छ ।

माओवादी केन्द्रका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले सबै केन्द्रीय सदस्यको धारणा एवम् विचारको सार बुझ्न आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी बैठक आह्वान गरेका हुन् ।

उनले भने, “पदाधिकारी बैठक अहिले जारी छ । केन्द्रीय समितिको बैठक दिउँसो १ बजेबाट कमलादीमा बस्नेछ । हिजोसम्म बैठकमा साथीहरूले उठाउनुभएको विषय अध्यक्षले प्रस्ट पार्नुहुन्छ ।”

साउन १७ गतेदेखि सुरु भएको माओवादी केन्द्रीय समितिको बैठक नयाँ निर्णयसहित आजबाट समापन हुने भनिएको छ । उनले भने, “सङ्गठनात्मक कार्य विभाजन, राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदनबारे अध्यक्षले नयाँ निर्णय सुनाउनुहुन्छ । अहिले पदाधिकारीहरूसँग साथीहरूले बोल्नुभएको सार लिनुभएको हो ।”


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?