Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू


२१ श्रावण, काठमाडाैँ। नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा जारी छ ।

माओवादी केन्द्रका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले सबै केन्द्रीय सदस्यको धारणा एवम् विचारको सार बुझ्न आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी बैठक आह्वान गरेका हुन् ।

उनले भने, “पदाधिकारी बैठक अहिले जारी छ । केन्द्रीय समितिको बैठक दिउँसो १ बजेबाट कमलादीमा बस्नेछ । हिजोसम्म बैठकमा साथीहरूले उठाउनुभएको विषय अध्यक्षले प्रस्ट पार्नुहुन्छ ।”

साउन १७ गतेदेखि सुरु भएको माओवादी केन्द्रीय समितिको बैठक नयाँ निर्णयसहित आजबाट समापन हुने भनिएको छ । उनले भने, “सङ्गठनात्मक कार्य विभाजन, राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदनबारे अध्यक्षले नयाँ निर्णय सुनाउनुहुन्छ । अहिले पदाधिकारीहरूसँग साथीहरूले बोल्नुभएको सार लिनुभएको हो ।”


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?