Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

प्रेस स्वतन्त्रतालाई असर पार्ने कानून बन्दैन : मन्त्री गुरुङ


२० ,श्रावण ,काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रेस स्वतन्त्रतालाई असर पर्ने कुनै पनि कानून नबन्ने बताएका छन् ।

शनिबार यहाँ नेपाल प्रेस युनियनको आयोजना र एफइएसको सहयोगमा आयोजित ‘प्रस्तावित सूचना तथा सञ्चार विधयेक’बारे छलफल कार्यक्रममा उनले आफू प्रजातन्त्रवादी भएकाले पनि मिडियालाई नियन्त्रण गर्ने विधयेक र कानून बन्छ भन्ने सोच्न पनि नसक्ने बताए ।

उनले भने, “मिडियाभन्दा पनि ‘सोसल मिडिया’ मा देखिएको अराजकतालाई नियन्त्रण गर्ने विषयमा छलफल भएको हो । यद्यपि मिडियालाई नियन्त्रण गर्ने छलफल भएको मलाई जानकारी छैन ।”

उनले यस विषयमा आफू पनि गम्भीर भएको भन्दै प्रजातन्त्र स्थापनामा मिडिया क्षेत्रको भूमिका नभुलेको बताए । “छलफलमा भएका विषयलाई सुधार गर्न सकिन्छ । गलत हुने कुरालाई रोक्न म तयार छु”, उनले भने ।

युनियनका अध्यक्ष शिव लम्सालले छलफलबाट निस्किएको निष्कर्ष नेपाल सरकारलाई बुझाउने बताए । उनले भने, “सुझाव लिने, समिति बनाउने तर त्यसलाई कार्यान्वयन नगर्ने देखिएको छ, त्यसलाई कार्यान्वयन गर्न जरुरी छ । पत्रकारलाई ढुक्कसाथ पत्रकारिता गर्न रोक्न बनेका कानूनलाई सरकारले परिमार्जन गर्न जरुरी छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा युनियनका सल्लाहकार तारानाथ दाहालले आमसञ्चार क्षेत्रको कानूनी सुधारका लागि नेपाल प्रेस युनियनको भूमिका विषयमा चर्चा गरे ।

आयोजित कार्यक्रममा महसङ्घका अध्यक्ष विपुल पोखरेलसँगै महासङ्घका पूर्वअध्यक्षहरू हरिहर विरही, किशोर नेपाल, धर्मेन्द्र झा, नेपाल प्रेस युनियनका पूर्वअध्यक्षहरू उपस्थित थिए ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?