Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

‘अम्खरामा पानी’को साथमा आए भिष्म र अस्मिता


काठमाडौं । लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक भिष्म अधिकारीको युगल गायनमा रहेको लोक शैलीको ‘अम्खरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको छ।

यस गीतलाई एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछाने फिचर्ड छन्। बन्दे प्रसादले सम्पादन गरेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो।

सिमा रेग्मी भिडियोको निर्मात्री हुन्। पेशाले स्ट्रक्चरल इन्जिनियर र व्यवसायी समेत रहेका गायक अधिकारी हाल अमेरिकामा बसोबास गर्दै आएका छन्। यसअघि उनको शब्दमा समावेश ‘माया टिकटके’ दर्शक स्रोतामा लोकप्रिय छ। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।


प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?